Search
Close this search box.
Search
Close this search box.

शिवसताक्षीमा लिम्बू भाषा लिपिका बोर्डहरू घरघरमा राखिँदै

शिवसताक्षी। झापाको शिवसताक्षी ८ स्थित टोल नम्बर १ को घरहरुमा लिम्बू भाषा लिपिबाट निवास लिखिएका बोर्डहरु धमाधम राख्न थालिएको छ ।

स्थानीय समाजसेवी युवा हाल हङकङमा कार्यरत चपेता सेर्माको आर्थिक सहयोग तथा योजना अनुसार आनिपान याक्थुङ्ग लिपिमा बोर्डहरु राख्न थालिएको हो । पछिल्लो समय याक्थुङ्ग आनिपान ( लिम्बू लिपि भाषा,) संरक्षण र उजागर गरौ भन्ने उद्देश्यले यस्तो काम थालिएको चपेता सेर्माको भनाइ छ । वहाँका अनुसार यो लिपि भाषा लोप हुँदै गइरहेको अवस्थामा मुख्यत याक्थुङ्ग समुदायले अनिवार्य जान्नुपर्छ भन्ने अभियान हो । योसँगै इच्छुक हरेक समुदायले पनि बुझ्नु वा जान्न उपयुक्त हुन्छ उहाँले भन्नुभयो । अहिले यो बोर्ड लिम्बू लिपिमा राखिरहदा यो कुन अक्षर हो,कसैले मात्रै सोधेमा यो चै याक्थुङ्ग ( लिम्बू लिपि )हो भनेर चिनाउन पनि यो एक उपलब्धी रहने बताउनु भयो । विभिन्न सामजिक कार्यमा निक्कै सक्रिय चपेता सेर्माले आफ्नो जन्मभूमि र जन्म क्षेत्रमा विभिन्न शीर्षकमा आर्थिक सहयोग साथै सकारात्मक सुझाव सल्लाह दिदै आउनु भएको छ । लिम्बू लिपि बोर्ड हालसम्म करिब १ सय बढि घरमा टाँस गरिसकिएको छ ।

डुडामारी बजार दक्षिण जुङे चौकदेखि सेर्मा चौक हुदै सिमाना चौकसम्म र विकास चौकदेखि फूलबारी चौकसम्म यो लिपिको बोर्ड टाँस गरिसकिएको बताइएको छ । चाँडै जुङ्गे चौक हुँदै माङ्हिम टोलदेखि दक्षिण इमानसिङ चौक र सिमाना चौक हुँदै तुम्देन चौक उत्तर तर्फ बनेनी बाँध र तुम्देन चौक हुदै दक्षिण बनेनी खोला पुलसम्मका घरहरुमा यस्तो बोर्ड राख्ने योजना रहेको जनाइएको छ । यस्ता बोर्डहरुमा क्रमश ल्वागुन निवास ( हिम), खत्री निवास(हिम), आङदेम्बे निवास (हिम), सेर्मा (हिम), सम्बाम्फे, लावती, नेम्बाङ, निङ्लेकू, तुम्रोक, ओझा, रोक्का, भट्टराई, अधिकारी, श्रेष्ठ, आचार्य, रिजाल, मगर, आदि बोर्डहरु लिम्बू लिपिमा लेखेर टाँस गरिसकिएको छ ।

त्यसैगरी शिवसतक्षी ११ स्थित सेर्मा टोलको सेर्मा बस्तिमा सेर्मा हिम लेखेर टाँस गर्ने कार्य तिब्र रुपमा भैइरहेको ठाकुरसिह सेर्माले जानकारी दिएका छ्न् । लिम्बू भाषा लिपिबद्ध यस्तो बोर्ड टाँस गर्नाले गाउँको पहिचान र लिपिको सरक्षण र प्रवर्द्धन हुने स्थानीय अग्रजहरुको भनाइ छ । चपेता सेर्माको यस लिम्बू भाषा लिपि अवधारणा प्रशंसायोग्य रहेकोले सबैले साथ र सहयोग गर्नु पर्ने स्थानीय अगुवाहरुले बताएका छ्न।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *