Search
Close this search box.
Search
Close this search box.

शिवाकोटीको नेतृत्वमा लोकतान्त्रिक व्यवसायिक प्यानलको उम्मेद्वारी

विर्तामोड । बिर्तामोड उधोग वाणिज्य संघको आसन्न निर्वाचनका लागि नेपाली कांग्रेसले आफ्ना उम्मेद्वार सार्वजनिक गरेको छ । आज साँझ कांग्रेस नेता देउमान थेवेले उम्मेद्वार सार्वजनिक गरेका छन् ।
नेपाली कांग्रेसमा आवद्ध व्यवसायीहरुले संघको निर्वाचनमा लोकतान्त्रिक व्यवसायिक प्यानल बनाएर निर्वाचन लड्दैछन् । सो प्यानलबाट अध्यक्षमा प्रकाश शिवाकोटी, बरिष्ठ उपाध्यक्षमा राजु न्यौपाने, उधोग उपाध्यक्षमा सञ्जीव घिमिरे, वाणिज्य उपाध्यक्षमा राजकुमार घिमिरे (राजु) , जनसम्पर्क महिला उपाध्यक्ष नैनकला भट्टराई र महासचिवमा रविन्द्र भट्टराईको नाम सार्वजनिक गरिएको छ ।
यस्तै, उधोग सचिवमा कुशल खतिवडा, वाणिज्य सचिवमा राजकुमार शाह, कोषध्यक्ष दिपेन्द्र राउत र सहकोषध्यक्षमा राधिका चुडाल हुमागाई उम्मेद्वार बन्ने भएका छन् ।
खुल्ला सदस्यमा विशाल थापा, सनी गोयल,विकास बस्नेत, दिपक मित्तल, मनोज रौनियार, पुकार बराल , महिला सदस्यमा तिलोत्तमा सिटौला र तुलसा ढकाल उम्मेद्वार बनेका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *