शिव माविका विद्यार्थीलाई विद्यालय पोसाक वितरण

कचनकवल। कचनकवल-७ फर्साडाँगीस्थित शिव माध्यमिक विद्यालयमा ८० जना विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरिएको छ। समाजसेवी तथा नेपाल महिला संघ कचनकवलकी सभापति सेलेतुन खातुन, विद्यार्थी र विद्यालयको त्रिपक्षीय साझेदारीमा पोसाक वितरण भएको हो।

शुक्रबार विद्यालयमा आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भेष नारायण राजवंशीको अध्यक्षतामा पोशाक वितरण गरिएको थियो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मित्र प्रसाद खनालले विद्यालयको सीमित आयस्रोतका कारण विपन्न तथा जेहनदार विद्यार्थीहरूलाई हाउस पोशाक उपलब्ध गराउन चुनौती रहेको बताए। उनले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको लागि पोशाक उपलब्ध गराउने दाताप्रति आभार व्यक्त गरे। खनालले साना कक्षाका विद्यार्थीहरूबाट दुई सय र अलिक ठूला कक्षाका विद्यार्थीहरूबाट तीन सय रुपैयाँ संकलन गरी, अन्य खर्च दाताहरूबाट जुटाएर पोशाक वितरण गरिएको जानकारी दिए। अहिले सिलाई ठेक्का लिएको टेलरले ८० थान मात्र पोशाक पठाएकाले यति पोशाक वितरण गरिएको हो। केही दिनपछि अरू पोशाक आएपछि अन्यलाई वितरण गरिने बताए।

EPIC EPIC EPIC EPIC EPIC

समाजसेवी सेलेतुन खातुनले पिछडिएको समुदायका बालबालिकालाई पोसाक वितरण गर्न पाउँदा आफूलाई अत्यन्तै खुसी लागेको बताइन्। उनले यस क्षेत्रका अभिभावकहरूलाई आफ्नो नानीबाबुहरूका लागि कपी, किताबजस्तै शैक्षिक सामग्री किन्नसमेत कठिनाइ भोग्नुपरेको अवस्थामा, यो सहयोगले केही राहत मिलेको बताइन्। खातुनले अन्य व्यक्तिहरूलाई पनि यस्ता सहयोगी कार्यमा संलग्न हुन आह्वान गरिन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

Nabin Upreti नबिन उप्रेती

नवीन उप्रेती

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका झापा सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *