Search
Close this search box.
Search
Close this search box.

शिव माविको ३०औं वार्षिकोत्सब भब्यताका साथ सम्पन्न

कचनकवल। कचनकवल गाउँपालिका ७ स्थि शिव माविले आफ्नो ३०औं वार्षिकोत्सब सम्पन्न गरेको छ।

विद्यालयले चतुर दिवसीय कार्यक्रम आयोजना गर्दै वार्षिकोत्सब भब्यताका साथ हिजो (शुक्रवार) सम्पन्न गरेको हो।

१७ गते देखि विविध खेलकुद गतिविधिहरु गर्दै सुरु गरिएको विद्यालयका प्रधानाध्यापक मित्र खनालले बताउँनुभयो।

आयोजित कार्यक्रमको अन्तिम  दिन हिजो कचनकवल गाउँपालिकाका अध्यक्ष  कालेन्द्र प्रसाद सिंह राजवंशेकाे प्रमुख अतिथि रहेकाे कार्यक्रममा बिभिन नृत्य  प्रस्तुत गरिएकाे थियेा। साथै  कार्यक्रममा १६५ जना विद्यार्थीहरूलाई कपी, कलम र पेन्सिललगायतका पुरस्कार  वितरण भएकाे थियेा।

गाउँपालिका अध्यक्षले सम्बोधनका क्रममा विद्यालयले विगत भन्दा राम्रो प्रगती गर्दै गएको  र आउँदा दिनमा अझ शैक्षिक गुणस्तर बढ्दै जाने अपेक्षा राख्नुभएको छ।

यसैबीच विद्यालयमा उपस्थित अभिभावकहरुले विभिन्न जातका फुलका बिरुवा उपलब्ध गराई दिने समेत प्रतिबद्धता गरेका छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

Nabin Upreti नबिन उप्रेती

नवीन उप्रेती

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका झापा सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *