शून्य समयमा समाजिक संजाल निगरानीको जिम्मा सेना र प्रहरीलाई

पालिका संदेश, ‘शून्य समय’ मतदातालाई निर्वाचनमा कुन प्रतिनिधि छान्ने भनेर स्वविवेकको निर्णय गर्न दिइएको समय हो । यो समय आज मध्यरातबाट शुरु भएर मतदान नसकिदासम्म कायम रहन्छ ।

यस अवधिमा मतदातालाई कुनै किसिमको प्रलोभन, डर, धाकधम्की दिन पाइदैन । स्वतन्त्र रूपमा छोडिनुपर्छ । त्यो अवधिमा कुनै पनि उम्मेदवारले आफ्नो प्रचार प्रचार गर्न पाउँदैन । गरेमा निर्वाचन आचार संहिता विपरितको काम हुनेछ ।

EPIC EPIC EPIC

यसपटकको शुन्य समयमा उम्मेदवारले मात्रै नभई मतदाताले समेत समाजिक संजालमा आचारसंहिता पालाना गर्नुपर्ने व्यवस्था छ ।
निर्वाचन आयोगले एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युत्तीय माध्यम प्रयोग गरेर मत माग्न र निर्वाचन प्रचार गर्न समेत रोक लगाएको छ ।
यसै अवधिमा निर्वाचन आयोगले मतदाता केन्द्रमा बुथ निर्माण, मतपेटिका व्यवस्थापन लगायतका तयारीको काम गर्छ ।

निर्वाचन आयोगका अनुसार मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३ सय मिटर वरपर राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचारप्रसारका सामग्री हटाउनु पर्नेछ ।

शून्य समयमा के गर्ने के नगर्ने ?
शून्य समयमा घरदैलो गर्न, चुनाव प्रचार प्रसार गर्न, अन्तरक्रिया गर्न, नारा जुलुस गर्न, सभा सम्मेलन गर्न तथा पोष्टर पम्पलेट टाँस्न पाइदैन ।
तर परिवारका सदस्यहरुवीच मतदान गर्ने तरिका, मतदाता शिक्षा सम्वन्धि छलफल र अभ्यास गर्न पाइन्छ । यस अवधिमा दलीय प्रतिनिधिहरुले कुनै पनि राजनीतिक गतिविधि गर्न पाउँदैनन् ।

तपाई मतदाता हुनुहुन्छ भने यस अवधिमा आफ्नो सामाजिक संजालबाट पनि निर्वाचन प्रचार प्रसार वा कसैको विरुद्धमा लेख्न, बोल्न र सन्देश दिन पाउनुहुन्न ।
त्यसो गरेमा वा गराइएको ठहरिएमा निर्वाचन आचार आचार संहिता उल्लंघन गरेवापत निर्वाचन ऐनअनुसार कारबाही हुनेछ ।

कसले गर्छ निगरानी?
निर्वाचन आयोगका अनुसार सामाजिक संजाल र सार्वजनिक स्थलमा निर्वाचन सामग्री हटाए/नहटाएको तथा नयाँ प्रचार सामग्री राखे/नराखेको सम्बन्धमा निगरानी गर्ने जिम्मेवारी प्रहरी र सेनाको साइबर व्यूरोलाई दिइएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

Bishnu Prasad Lamichane

Leave a Reply

Your email address will not be published. Required fields are marked *