शेयर बजार :आज सामान्य बढ्याे

काठमाण्डाै – हिजो आइतवार एक सय अङ्कभन्दा धेरैले घटेको शेयर बजार परिसूचक नेप्से आज साेमवार भने सामान्य बढेको छ । आज नेप्से शून्य दशमलव ०८ अङ्कले बढेर दुई हजार सात सय दशमलव ९८ विन्दुमा पुगेको छ ।

आज जीवन बीमा, होटल तथा पर्यटन, विकास बैंक, जलविद्युत्, फाइनान्स, मोइक्रोफाइनान्स र अन्य समूहको शेयर बढेको छ ।

EPIC EPIC EPIC

आज दुई सय २७ कम्पनीका ७५ लाख ४९ हजार कित्ता शेयर तीन अर्ब ६८ करोड ४० लाखमा किनबेच भएकाे छ । सबैभन्दा धेरै नेशनल हाइड्रोपावरको ५४ करोड ९१ लाख बराबरको शेयर किनबेच भयो ।

आज बुद्धभूमि नेपाल हाइड्रोपावरको शेयर आठ प्रतिशतभन्दा धेरैले बढेको छ । मैलुङ खोला जलविद्युत् कम्पनीको शेयर भने सबैभन्दा धेरै झन्डै चार प्रतिशतले घट्यो । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *