शेयर बजार झन्डै १५ अङ्कले घट्यो, २ अर्ब २७ करोड रुपैयाँको कारोबार

काठमाण्डाै – हप्ताको पहिलो दिन शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार १४ दशमलव ६७ अङ्कले घटेर दुई हजार ६ सय १६ दशमलव ५८ विन्दुमा झरेको छ ।

आज लगानी समूहबाहेक अरू सबै समूहको शेयर ओरालो लागेको छ । नेप्सेसँगै कारोबार रकममा पनि कमी आएको छ । दुई सय २४ वटा कम्पनीका ४२ लाख ८७ हजार कित्ता शेयर दुई अर्ब २७ करोड ४६ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल लाइफ इन्सुरेन्स कम्पनीको १६ करोड २९ लाख रुपैयाँको शेयर किनबेच भयो ।

EPIC EPIC EPIC EPIC EPIC

आज मैलुङ खोला जलविद्युत्, शिवश्री हाइड्रो, प्रभु लाइफ इन्सुरेन्स र एभरेस्ट इन्सुरेन्स कम्पनीको शेयर तीन प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घट्दा पनि राष्ट्रउत्थान लघुवित्त र इमर्जिङ नेपाल कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *