शेयर बजार १९ अङ्कले बढ्याे, साढे ६ अर्ब रुपैयाँकाे काराेबार

काठमाण्डाै – हिजो साेमवार साढे १४ अङ्कले घटेको शेयर बजार आज मङ्गलवार १९ अङ्कभन्दा धेरैले बढेकाे छ । शेयर बजार परिसूचक नेप्से आज १९ दशमलव २६ अङ्कले बढेर दुई हजार आठ सय ९१ दशमलव ३४ विन्दुमा पुगेको छ ।

आज सबैजसो समूहको शेयर बढेकोमा जलविद्युत् समूहको शेयर एक सय नौ अङ्कले, विकास बैंक समूहको ८१, माइक्रोफाइनान्स समूहको शेयर ४९ अङ्कले बढेको छ ।

EPIC EPIC EPIC

आज दुई सय २३ कम्पनीको एक करोड २१ लाख कित्ता शेयर ६ अर्ब ५७ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेशनल हाइड्रो पावर कम्पनीको ३९ करोड रुपैयाँको शेयर किनबेच भयो ।

आज वीन नेपाल लघुवित्त र बुद्धभूमि नेपाल हाइड्रो पावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्र बजार बढे पनि निरुदे लघुवित्त विकास बैंकको शेयर तीन प्रतिशतभन्दा धेरैले घटेको छ । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *