Search
Close this search box.
Search
Close this search box.

शैक्षिक अन्तरक्रियासंगै विद्यार्थीलाई अभ्यास पुस्तिका

received 6714154968603562

जनक न्यौपाने, रोङ

नयाँ आर्थिक बर्षकाे सुरु हुँनलाग्दा शैक्षिक क्षेत्रका समस्या र समाधानका बारेमा सराेकारवलासँग अन्र्तरकिया गरिनुकाे साथै वालबालिकाहरुकाे लागि नि;शुल्क अभ्यास पुस्तिका वितरण गरिएकाे छ ।

सामुदायिक विद्यालयमा रहेका विद्यमान समस्याहरुलाई लसरी सम्बाेधन गर्न सकिन्छ भनेर राेङ गाउँपालिका वडा नं६ ले वडा शिक्षा समिति सामुदायिक विद्यालयका प्रधानध्यापक र जनप्रतिनिहरुकाे सामुहिक भेला गरेर समाधानकका लागि आगामी दिनमा चालिने कदमकाे बारेमा गहन छलफल गरेकाे वडाध्यक्ष सत्यम राई चाैरासेले बताए ।

बालबालीकाको लागि सामुदायिक शिक्षामा अाकर्षण र पहुँच पुर्‍याउनका लागि चालु शैक्षिक बर्षमा वडाका सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा चारदेखी सातसम्मका विद्यार्थीहरुका लागि प्रति विद्यार्थी ३ वटा अभ्यास पुस्तिका समेत बितरण गरिएकाे वडा सचिव खगेन्द्र खतिवडाले बताए।

छलफलबाट वडाका हरेक बिद्यालयमा कृषि प्राविधिक सहितकाे करेसावारी शिक्षा,नि:शुल्क अभ्यास पुस्तिकाकाे वितरणलाई निरन्तरता,वडा भित्रकाे परिक्षा प्रणालिमा एकरुपता जस्ता सुधारात्मक कार्यक्रम सञ्चालन गरिने निर्णय गरिएकाे शिक्षासेवी तथा माेतिराम माविका पूर्व प्रधानध्यापक  दलबहादुर माेक्तानले बताए ।

वडा भित्रका हरेक विद्यालयमा फरक  प्रकृतिकाे समस्या रहेकाे भएपनि स्थानिय सरकारले निति कार्यक्रम र बजेटकाे पूर्वसन्ध्यामा समस्याकाे पहिचान गरि निराकरणकाे लागि पहिलाे पटक प्रयास गरेकाेमा अत्यान्तै खुसि लागेकाे माेतिराम माविका प्रधानध्यापक कुमार मगरले बताए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *