Search
Close this search box.
Search
Close this search box.

श्रमिकलाई पुसबाटै कोरिया पठाउने तयारी

काठमाडौं । विगत ८ महिनादेखि रोकिएको कोरियाको रोजगारी पुसको अन्त्यबाट खोल्ने तयारी भएको छ । कोभिड–१९ संकटका कारण दुवै मुलुकमा समस्या आएपछि कोरिया प्रवेश गर्ने कार्य पूर्ण रूपमा रोकिएको थियो । जसका कारण ६ हजार ५ नेपाली भाषा परीक्षा उत्तिर्ण भइ रोष्टरमा रहे पनि कोरिया जान पाएका छैनन् । कोभिड संक्रमणका कारण समयमै कोरिया प्रवेश गर्न नपाएपछि रोजगारदाताले धमाधम नेपाली श्रमिकसँग गरेको श्रम सम्झौता रद्द गर्न थालेका छन् ।


हाल दैनिक औसत पाँच सय नेपालीको श्रम सम्झौता रद्द हुने गरेको छ । वैदेशिक रोजगार विभाग ईपीएस शाखाका निर्देशक इन्द्र गौतमले कोरियाले मौखिक रूपमा कम्बोडियाबाट श्रमिक लैजाने प्रक्रिया सुरु गरेको बताउँदै नेपालबाट पनि लैजानेबारे गृहकार्य भइरहेको कोरियाली पक्षले जानकारी दिएको बताए । “कोरियाले कम्बोडियाबाट श्रमिक लैजान सुरु गरेका कारण नेपालबाट पनि कसरी सुरक्षित तरिकाले पठाउने छलफल भइरहेको छ,” निर्देशक गौतमले भने ।


केही दिनअघि नेपाल सरकार र कोरियाको मानव संशाधन बोर्डका प्रतिनिधिको छलफलले अवस्था हेरेर पुसबाट श्रमिक पठाउन सकिने सम्बन्ध अनौपचारिक छलफल भएको थियो । लकडाउन सुरु भएयता लामो समय उडान नभएपछि रोकिएकामध्ये केहीको श्रम सम्झौता रद्द भएको ईपीएस शाखाले जनाएको छ । शाखाका अनुसार हालसम्म रोजगारदातासँग श्रम सम्झौता गरेको ५ हजार नयाँ र १ हजार ५ कमिटेड वर्कर कोरिया जान पाएका छैनन । कमिटेड वर्कर भनेको कोरियाको रोजगारदातासँग ५ वर्ष नियमित काम गरेका कारण पुनः प्रवेशको लागि भिसा पाएका श्रमिक हुन् ।

नेपालमा कोरोना संक्रमणको दर बढ्दै गएको जनाउँदै कोरियाको मानव संशाधन बोर्ड ९एचरआडी०ले परिस्थिति सहज नभएकाले पुससम्म पर्खिरहेको जनाएको छ । कोरोना संकट सुरु भएयता ५ युवाले कोरीयाका रोजगारदातासँग श्रम सम्झौता गरेको भए पनि कुनै श्रमिक पनि कोरिया प्रवेश गर्न पाएका छैनन् । श्रम सम्झौता गरेर भिसा प्र्राप्त गरेका १ हजार ५ सय जनासमेत कोरिया जान पाएका छैनन् । भिसा लागेका अधिकांश युवाको भिसा म्याद भने सकिन लागेको छ ।


भिसा लागेका श्रमिकलाई कोरियाले लैजान चाहेको भए पनि दुवै देश ‘पर्ख र हेर’को स्थितिमा छन् । कोरिया जाने उडान नियमित भए पनि ईपीएसका श्रमिक पठाउने र बोलाउने अवस्थामा दुवै देश नरहेको देखिन्छ । रोजगारदाताले श्रम सम्झौता रद्द नगरेको अवस्थासम्म म्याद समाप्त भएको युवाको भिसा अवधि थप गर्ने एचआरडीले आश्वासन दिएको छ ।
नेपाली युवा कोरिया प्रवेश गर्ने अवस्था नभए पनि त्यहाँको सरकारले असोज १२ देखि २६ गतेसम्म कृषि क्षेत्रका श्रमिकको माग भने गरेको थियो । हाल कतिपय नेपालीले रोजगारदातासँग श्रम सम्झौता पनि गरिरहेका छन् । यसरी माग प्रक्रिया अघि बढाएपछि नेपालबाट कोरिया जाने युवाको संख्या अझ बढ्ने देखिएको छ ।

नेपालबाट वार्षिक औषत ८ हजारको हाराहारीमा नेपाली युवा कोरिया जाने भए पनि यो वर्षको ९ महिनामा १ हजार २७ नेपाली मात्र रोजगारीका लागि कोरिया गएको शाखाले जनाएको छ । सन २०१९ मा ७ हजार १ सय ३६ नेपाली रोजगारीका लागि कोरिया गएका थिए । हालसम्म ४ हजार २० महिला र ६२ हजार ८५२ पुरुष सहित ६६ हजार ८७२ नेपाली रोजगारीका लागि कोरिया गइसकेका छन् । हाल कोरियामा लगभग ३१ हजार नेपाली कार्यरत रहेका छन् ।कारोबार दैनिकमा खबर छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *