श्रीकृष्ण प्रणामी युवा परिषदको समन्वय तथा रोटरी मिडटाउनको प्राविधिक सहयोगमा व्हील चियर वितरण

झापा – श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल प्रदेश नं.१ जिल्ला कार्य समिति झापाको समन्वय तथा रोटरि क्लव अफ विर्तामोड मिडटाउनको प्राविधिक सहयोगमा अशक्त एक ब्यक्तिलाई व्हील चियर वितरण गरिएको छ ।मङ्लबार एक कार्यक्रमकाबिच झापा गाउँपालिका – ७ का नर बहादुर आले मगरलाई व्हील चियर वितरण गरिएको हो ।

शारीरिक अशक्तका कारण हिडंडुल गर्न समस्यामा रहेका उनलाई हिडंडुल गर्न सहज होस भन्ने उद्देश्यले व्हील चियर प्रदान गरिएको श्रीकृष्ण प्रणामी युवा परिषद झापाका अध्यक्ष टहलदास ओलीले बताए ।

EPIC EPIC EPIC

कार्यक्रममा झापा गाउँपालिका वडा नं.७ का वडा अध्यक्ष नेत्रप्रसाद उप्रेती , समन्वयकर्ता युवा परिषद झापाका अध्यक्ष टहलदास ओली र प्राविधिक सहयोगकर्ता रोटरी क्लबका नमुनी अध्यक्ष सिद्दार्थ नवीन उप्रेती लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रममा प्रणामी मन्दिर दयालधामका अध्यक्ष बाल कृष्ण सिटौला , मन्दिर समितिका अग्रज बाइजुराज महिला समिति र युवा परिषदका स्थानीयहरूको उपस्थिती रहेको थियो । प्रा.स. अध्यक्ष घनश्याम सिटौलाको अध्यक्षतामा भएको थियो ।

कार्यक्रमको सन्चालन युवा परिषद झापाका पुर्व उपाध्यक्ष दुर्गा पाण्डेले गरेको युवा परिषद झापाका उपाध्यक्ष सुरज सापकोटाले जानकारि दिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च