Search
Close this search box.
Search
Close this search box.

श्रीकेश तेलको गुणस्तर पुष्टि हुन सकेन, उत्पादक कम्पनीलाई २ लाख रुपैयाँ जरिवाना

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले श्रीकेश तेल उत्पादक कम्पनीलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ । प्राविधिक विश्लेषणमा गुणस्तर पुष्टि हुन नसकेपछि महानगरले श्रीकेश तेल उत्पादक कम्पनी सप्तऋषि ओयल एण्ड कस्मेटिक इण्डष्ट्रीलाई २ लाख रुपैयाँ जरिवाना गरेको हो । 

उत्पादक कम्पनीसँग माग गरिएका विवरणका आधारमा तयार पारिएको प्राविधिक विश्लेषण प्रतिवेदनमा गुणस्तर पुष्टि हुन नसकेपछि कारबाही गरिएको निरीक्षण अधिकृत डा. अवधेश झाले बताए । 

EPIC

तेलको गुणस्तरका विषयमा गुनासो आएपछि महानगरपालिकाले असार ७ गते विवरण माग भएको थियो । प्राप्त विवरणका आधारमा प्रतिवेदन तयार पारिएको थियो । सोही प्रतिवेदनका आधारमा जरिवाना गरिएको झाको भनाइ छ । 

माग गरिएको विवरणमा तेलमा प्रयोग हुने कच्चा पदार्थको प्राविधिक समिश्रणको विधि (फर्मुलेसन, रेसिपि मेथड) उल्लेख गरिएको कागजात प्राप्त हुन नसकेको उनको भनाइ छ । 

कारखानामा स्टाण्डर्ड अपरेसन प्रोसिड्युर (एसओपी)को अभिलेख पनि नपाइएको उनले बताए । यसो हुनु भनेको गुड म्यानुफ्याक्चरिङ् प्राक्टिस (जिएमपी) नभएको प्रतिवेदनमा उल्लेख छ। 

तेलमा प्रयोग हुने सम्पूर्ण कच्चा पदार्थ (तेल तथा जडीबुटी)हरूको प्रयोगशालामा परीक्षण गरेको प्रतिवेदन अपुरो पेश भएको महानगरले जनाएको छ । 

सबै उत्पादनमा एउटै ब्याच नम्बर राखिएको छ । उक्त ब्याचको उत्पादनहरूमा प्रयोग हुने केही कच्चा पदार्थ तेलको प्रयोग म्यादभन्दा कम देखिएको महानगरपालिकाले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *