Search
Close this search box.
Search
Close this search box.

संक्रमण बढ्दै गएपछि फ्रान्समा रात्रिकालीन कर्फ्यू लागू

एजेन्सी । युरोपका केही देशहरुमा कोरोना संक्रमण नियन्त्रण गर्न कडा प्रतिबन्धात्मक नियमहरु लागू गरिएका छन् । क्रिसमस र नयाँ वर्ष नजिकिँदै जाँदा कोरोना संक्रमणको दर पुनः बढ्न थालेपछि लकडाउन गर्न थालिएको हो ।

फ्रान्सले दोस्रो चरणको लकडाउनका क्रममा रात्रिकालीन कर्फ्यू लागू गरेको छ । फ्रान्समा राति ८ बजेदेखि बिहान ६ बजेसम्म आवश्यकबाहेकका नागरिकलाई घरबाट बाहिर निस्कन रोक लगाइएको छ ।

क्रिसमसको पूर्वसन्ध्यामा यो नियममा केहि छुट हुने बताइएको छ। बार र रेस्टुरेन्टहरु कम्तिमा २० जनवरीसम्म बन्द गरिने भएको छ । तर दैनिक ५ हजार संक्रमण हुनु र त्यसको दर दिनदिनै दुईगुणा बढेपछि रातीको समयमा कर्फ्यू लगाउने र सडकमा प्रहरी चेकिङ निगरानी बढाउने निर्णय फ्रान्सले गरेको हो ।

फ्रान्समा कोरोना भाइरसबाट मृत्यु हुनेहरुको संख्या मंगलबार ७ सय ९० थपिएर जम्मा ५९ हजार ७२ पुगेका छन् । फ्रान्सको छिमेकी देश जर्मनीमा बुधबारदेखि कडा खालको लकडाउन सुरु हुँदैछ । अत्यावश्यकबाहेकका पसलहरु देशभर बन्द हुँदैछन् । बालबालिकाको हेरचाह विद्यालय वा घर एकै ठाउँमा गनुपर्ने नियम लगाईएको छ ।

जर्मनीमा नोभेम्बरदेखि नै रेस्टुरेन्ट र बारहरु बन्द छन् । जर्मन चान्सलर एन्जेला मर्केलले क्रिसमसको किनमेलका लागि बजारमा देखिएको भीडले सामाजिक दूरी कायम गर्न नसक्दा संक्रमण बढेको बताएकी छिन् ।

नयाँ लकडाउन डिसेम्बर १६ देखि जनवरी १० सम्म कायम हुनेछ । युरोपका अन्य देशहरुमा पनि महामारी फैलन सक्ने भन्दै क्रिसमसको पूर्वसन्ध्यामा कडाइ गरिएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *