आज विहान गएको भुकम्पले संखुवासभामा एक घरमा सामान्य क्षति पुगेको छ । जिल्लाको भोटखोला गाउँपालिका १ किमाथांका बस्ने बर्ष ५२ को तेन्छेबी शेर्पाको ढुङ्गाको गाह्रो टिनको छाना भएको २ तले घरमा सामान्य क्षति भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । भुकम्पले घरको गारो भत्काएको छ भने मानवीय र पशुचौपयामा क्षति पुराएको छैन।
आज विहान साढे ६ बजे संखुवासभाको सिमाना नजिकै रहेको चीनको तिब्बत प्रान्तको देङ्दी काउन्टीमा केन्द्रविन्दु भएर ७ म्याग्नेच्युडको भुकम्प गएको थियो । उक्त भुकम्पले संखुवासभा सामान्य मात्रै क्षति पुराएको छ ।
त्यसैगरी आज संखुवासभाको विभिन्न भागहरूमा बर्षात भएको छ । बर्षात सहित हिमपात भएकाले संखुवासभामा चिसो हवातै बढेको छ । सदरमुकाम लगायत आसपासका क्षेत्रमा पानीपरेपछि चिसो बढेको हो ।
लामो समयको खडेरी पछि पानी परेकाले किसानहरू भने खुशी भएका छन् । हिउँदे बालीनाली गहुँ, तोरी, सागसब्जी र अलैंची समेत सुक्न थालिसकेको अवस्थामा राहतको महसुस भएको स्थानीय खाँदबारी(४ का मानबहादुर गुरूङ बताउँछन् । उनले खडेरी तुवाँलो, हुस्सुलेआकाश ढाकिएकोमा पानी परेपछि खुल्ने बोटबिरुवा, अन्नबालीले राहत पाएको बताए ।