Search
Close this search box.
Search
Close this search box.

संखुवासभामा विपन्नको फुसको छानो हटाइँदै

संखुवासभा । संखुवासभाका एक हजार नौ सय ८० परिवारको फुस (खर)को छानो हटाएर जस्तापाता लगाइने भएको छ । यसका लागि तथ्यांक संकलन सुरु गरिएको छ ।

विपन्न र आर्थिक अवस्था कमजोर भएका नागरिकको आवास सुरक्षित बनाउने उद्देश्यले फुसको छानो हटाएर सरकारी अनुदानमा जस्तापाता उपलब्ध गराउन लागिएको हो । सहरी विकास मन्त्रालयले गरिब तथा विपन्न समुदायका लागि ‘सुरक्षित नागरिक आवास’ कार्यक्रमअन्तर्गत फुसको छानो हटाउने अभियान सुरु हुन लागेको सांसद राजेन्द्र गौतमले बताए ।

यसका लागि सांसद गौतमको संयोजकत्वमा सुरक्षित आवाससम्बन्धी समिति गठन भएको छ । समितिले भूगोल र जनसंख्याका आधारमा जिल्लाको १० वटै स्थानीय तहलाई संख्यासमेत छुट्याएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *