संविधान दिवसको अवसर पारेर झापाका १५ जना कैदीको कैद मिनाहा

झापा । संविधान दिवसको अवसर पारेर झापाका १५ जना कैदीको कैद मिनाहा गरिएको छ ।

झापामा कैद मिनाहा पाउनेमा एक महिला र १४ पुरुष रहेका छन् । ६ जना सवारी दुर्घटना , २ जना बहुविवाह , २ जना कर्तव्य ज्यान , एकजना ठगी , एकजना चोरी कसूरमा जेल परेका कैदी रहेको झापा कारागारका प्रमुख राजेन्द्र गौतमले बताए ।

EPIC EPIC EPIC

मन्त्रिपरिषद्को २९ भदौको बैठकको सिफारिस बमोजिम संविधानको धारा २७६ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा मुलुकी फौजधारी कार्यविधि संहिता, ०७४ को दफा १५९ को प्रावधान अनुसार पूर्णबहादुर भन्ने किशोर भण्डारीसमेत ८ जनाको कैद सजाय माफी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै, हर्कबहादुर राई समेत ५२३ जना कैदीहरुको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा झापाका १५ सहित ५३१ कैदीहरूलाई माफी मिनाहा दिएकी हुन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *