संस्कार सिकाउँदै महानन्द, मातातिर्थ औँशीमा विद्यार्थीद्वारा आश्रममा रहेका माताहरुलाई सम्मान

बुधबारे । महानन्द शिक्षा सदन बुद्धशान्ति ३ झापाका विद्यार्थीहरुले मातातिर्थ औँसीको अवसर पारेर आश्रममा रहेका बृद्ध माताहरुलाई सम्मान गरेको छ ।

झापाका विभिन्न आश्रममा रहेका माताहरुलाई भेटी फलफुल र सम्मान अर्पण गरेरर विद्यार्थीहरुले मातातिर्र्थ औँसी मनाएका हुन् । । विद्यालयमा अध्ययनरत कक्षा ५ का विद्यार्थीहरु टिमाईमा रहेको गुम्बा गई गुरुहरुबाट आशिर्वाद लिएर आए भने कक्षा ६ र ७ का विद्यार्थीहरु बुद्धशान्ति १ होक्सेमा रहेको ज्येष्ठ नागरिक भेटघाट चौतारीमा गई आमा हरुको मुख हेर्ने कार्यक्रम सम्पन्न गरे भने, कक्षा ८,९ र १० का विद्यार्थीहरु बिर्तामोड स्थित परोपकार सेवा आश्रममा गई त्यहाँ रहेका माताहरुलाई फलफुल लगायत जुस र अन्य खानेकुरा वितरण गरेको विद्यालयका प्रिन्सपल भीम श्रेष्ठले बताएका छन् ।

EPIC EPIC EPIC EPIC EPIC

विद्यार्थिहरलाई संस्कार र संस्कृतिबारे जानकरी गराउने उद्धेश्यले समयसमयमा यस्ता किसिमका कार्यक्रम विद्यालयले सञलन गर्दै आएको बताइएको छ । प्रिन्सपल भीम श्रेष्ठले भने,– यसरी यो वर्ष हामीले आमाको मुख हेर्ने दिनलाई विशेष बनाउने पहल गरी विद्यार्थी हरुमा यो दिनको महत्त्व बारे प्रष्ट पारेका हौँ ।

उक्त कार्यक्रमको आर्थिक सहयोग महानन्द बाल क्लबका विद्यार्थीहरुको गत माघमा मेलाबाट भएको आम्दानी र यसै विद्यालयका पूर्व विद्यार्थी बिनिता पौडेलले सहयोग गरेकी थिइन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *