Search
Close this search box.
Search
Close this search box.

सतर्कताका साथ दशैं मनाऔँ शुभकामना

नेपालीहरुको महान पर्व यतिबेला सबैको घरघरमा भित्रीसकेको छ । सामान्य अवस्था हुँदो हो त यति बेला सबैको घर घरमा दशैको फरक किसिमको उल्लास हुन्थ्यो ।

तर, विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारण विश्व नै आकान्त बनिरहेको अवस्था छ । सिंगो विश्व कोभिड महामारी विरुद्ध लडिरहेको छ । त्यसमा नेपाल पनि अछुतो रहन सकेन । कोरोना त्रासले चपेटामा परेका बेला नेपालको आर्थिक, सामाजिक र सांकृतिक पक्षमा समेत प्रभाव पर्यो । हरेक बर्ष हर्सोल्लासका साथ मनाउँदै आएको नेपाली चाडपर्व लाई समेत कोरोनाले प्रभाव पार्यो ।

नेपालको उत्तरी छिमेक चीनको वुहान शहरबाट फैलिएको कोभिड संक्रमणबाट विश्वभर एघार लाख बढीको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट आठ सयको मृत्यु भएको छ भने झण्डै डेढ लाख मानिस संक्रमित भइसकेका छन् । तर पनि संक्रमण दर घटेको छैन । काठमाडौ उपत्यका संक्रमणबाट सवैभन्दा बढी प्रभावित बनेको छ । काठमाडौं जिल्लामा मात्रै कोभिड संक्रमित ५० हजार बढी नाघिसकेको छ । 

नेपालीहरुले ठूलो उत्साहका साथ मनाउने चाड दशै हामी सवैको आँगनमा डुलिरहेको छ । दशैं आफैमा पनि जमघट हुने संस्कृति हो । आशिर्वाद थाप्न आफन्तकोमा जाने र ठूलाबडाको हातबाट आशिर्वाद लिने पर्व दशैंले यसपटक भने भौतिक दूरी कायम गर्नुपर्ने नियती झेल्दैछ ।
 

तसर्थ, अहिलेसम्म कोरोना खोप पत्ता लाग्न नसकेको अवस्थामा संक्रमणको जोखिम उतिनै बढेर गई रहेको छ । यसपटकको दशैं बडो सतर्कताका साथ मनाउनु नै उचित हुनेछ । त्यसैले यसपटकको दशैंमा सकेसम्म जमघट नगर्नु नै राम्रो हुनेछ । दशैं मनाउनुलाई फेरि अर्को वर्ष पनि आउँछ । यसपटक भने संक्रमणबाट जोगिनलाई सतर्कतापूर्वक दशैं मनाऔं । पालिका सन्देश विजया दशमी २०७७ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *