पदाधिकारीलाई बीमाबारे सचेत गराउँदै बुधबारे जेसीज

बुधबारे (पालिका सन्देश) । युवा वर्गमा बीमा सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले बुधबारे जेसीजको आयोजना तथा सन नेपाल लाईफ इनस्योरेन्सको सहकार्यमा बुधबारेमा बीमा सम्बन्धि सचेतना तथा अन्र्तकृया कार्यक्रम सम्पन्न गरिएको छ ।

No description available.

बुधबारे जेसीजका अध्यक्ष मुकेश भट्टराईको अध्यक्षता तथा नेपाल जेसीजका राष्टिय उपाध्क्ष कुमार सिंह साँवाको प्रमुख आतिथ्यता तथा सन नेपाल लाईफ इनस्योरेन्सका प्रदेश १ प्रमुख तुलसीनाथ पौडेलको बिशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न गरिएको छ ।

EPIC EPIC EPIC

कार्यक्रममा सन नेपाल लाईफ इनस्योरेन्स बिर्तामोड शाखाका प्रमुख बिकास श्रेष्ठ, बुधबारे जेसीजका निर्वतमान अध्यक्ष अनिल वाग्ले, पूर्व अध्यक्ष सेमन्त पोखरेल, नन्दकुमार याफुराई, मानार्थ सदस्य दिपेन सिटौला, वरिष्ठ एजेन्सी मेनेजर रामप्रसाद घिमिरे लगायत जेसीजका पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।

No description available.

तालिममा सन नेपाल लाईफ इनस्योरेन्सका प्रदेश १ प्रमुख तुलसीनाथ पौडेलले सहजिकरण गरेका थिए । उनले बीमा सम्बन्धि जानकारी गराएका थिए ।

तालिम संयोजक तथा कार्यकारिणी उपाध्यक्ष रुद्र निरौलाले कार्यक्रममा स्वागत गरेका थिए भने जेसी गजुहाङ योङहाङ्गले जेसीज आस्था पाठ गरेका थिए । तेन्जीङ नार्गे होम स्टेको सभाहलमा आयोजित कार्यक्रममा २५ बढीको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन महासचिव अर्जुन ढकालले गरेका थिए ।

No description available.
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *