काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेगस्पिनर सन्दीप लामिछाने अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमण देखिएको दुई दिनपछि उनी काठमाडौँस्थित ह्याम्स अस्पतालमा भर्ना भएका हुन् ।
उनलाई स्वासप्रश्वासमा समस्या आएपछि आज विहानै अस्पताल भर्ना गरिएको हो। चितवनमा रहेका सन्दीप नेपाली टिमको बन्द प्रशिक्षणमा सहभागी हुन गरिएको पीसीआरमा उनको नतिजा पोजेटिभ आएको थियो ।