Search
Close this search box.
Search
Close this search box.

सन्दीपको भिसा सहजीकरणका लागि परराष्ट्रलाई खेलकुद मन्त्रालयको पत्रथप सामग्री :

क्रिकेटर सन्दीप लामिछानेको भिसा सहजीकरणका लागि युवा तथा खेलकुद मन्त्रालयले पहल गरेको छ । खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको सचिवालयले दिएको जानकारीअनुसार लामिछानेलाई विश्वकप खेल्न पठाउन मन्त्रालयले पहल गरेको हो ।

जसका लागि बिहीबार युवा तथा खेलकुदमन्त्री श्रेष्ठ र नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्कासँग छलफल भएको थियो । सोपश्चात् मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई भिसा उपलब्ध गराउन आवश्यक सहजीकरण गर्न अनुरोध गर्दै पत्र पठाएको सचिवालयले जनाएको छ ।

यता, खेलकुदमन्त्री श्रेष्ठले सन्दीपको भिसाका लागि मन्त्रालयबाट गर्नुपर्ने सबै पहल गरेको जानकारी दिनुभएको छ । उहाँले अझै पनि सबै किसिमको सहयोगलाई जारी राख्ने बताउनुभयो । मन्त्रालयका अनुसार अब परराष्ट्र मन्त्रालयले सन्दीपको भिसाको विषयमा कामकारबाही अगाडि बढाउनेछ ।

लामिछानेले आफूलाई टी-ट्वान्टी विश्वकप खेल्न जाने भिसा अमेरिकाले नदिएको बुधबार सामाजिक सञ्जालमार्फत् जानकारी दिनुभएको थियो । अमेरिकी दूतावासले सो कुरा स्वीकार गर्दै भिजा प्रक्रिया गोप्य हुने भन्दै थप जानकारी दिन अस्वीकार गरेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *