सप्तरीको छिन्नमस्ता मन्दिरमा आजदेखि महागंगा आरति सुरु हुँदै

प्रसिद्ध सप्तरीको छिन्नमस्ता मन्दिरमा शुक्रबार (आज) साँझदेखि महागङ्गा आरती सुरु हुने भएको छ ।

EPIC

सप्तरीको छिन्नमस्ता गाउँपालिका-३ मा रहेको मन्दिरको मूलगेट अगाडि महाआरती सुरु हुने मन्दिरका पीठाधीश महाकान्त ठाकुरले जानकारी दिए। प्रत्येक दिन गर्ने गरी महागङ्गा आरती सुरु गर्न लागिएको उनले बताए ।

महाआरतीमा दैनिक पाँच जना संलग्न हुनेछन् । उनीहरूलाई भारतको बनारस र कुशेश्वर स्थानबाट आरतीसम्बन्धी विशेष तालिम दिइएको पीठाधीश ठाकुरले बताए ।

उनका अनुसार देशको अन्य ठाउँभन्दा विशेष तरिकाले यहाँ गङ्गा आरती सुरु गरिने छ । छिन्नमस्ता मन्दिरमा दसैँको बेला ठूलो मेला लग्ने गर्छ ।

EPIC EPIC EPIC
EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar