सम्पादक तिम्सिना सम्मानित

बुद्धशान्ति । बुधबारे जेसिजको आठौं पद हस्तान्तरण सम्पन्न भएको छ । शनिबार बुधबारेमा एक कार्यक्रमका विच भएको पद हस्तान्तरण कार्यक्रममा बर्ष उत्कृष्ट पत्रकारका रूपमा पालिका सन्देशका सम्पादक तीर्थ तिम्सिनालाई सम्मान गरिएको छ ।

EPIC

जेसिज गतिबिधि संग समाजमा कलमका माध्यमबाट महत्वपूर्ण भुमिका खेलेको भन्दै सम्मान गरिएको हो । उनी झापाबाट प्रकाशित हुने बिबेचना दैनिक तथा पुर्वेली साप्ताहिकका सह – सम्पादक समेत रहेका छन् ।

सम्मानित हुनेमा पत्रकार तिम्सिना सहित बर्ष उत्कृष्ट जेसिमा जेसि बिनोद रिजाल, बुधबारे जेसिजलाई जग्गा दिने जग्गादाता ज्ञानेन्द्र घिमिरे, कोरोना कहरमा महत्त्वपूर्ण भुमिका खेल्ने एम्बुलेन्स चालक रविन खतिवडा लगायतलाई सम्मान गरिएको थियो।

उनीहरुलाई अध्यक्ष नन्दु राई, प्रमुख अतिथि भुजेल लगायतले दोसल्ला र सम्मानपत्रले सम्मान गरेका थिए।

EPIC EPIC EPIC

बुधबारे जेसिज बर्ष २०२० का अध्यक्ष जेसि नन्दु राईको अध्यक्षता तथा बुद्धशान्ति गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलको प्रमुख आतिथ्य तथा उपाध्यक्ष मीरा भुर्तेलको बिशिष्ट आतिथ्यतामा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा राष्टृय उपाध्यक्ष रजनी थापा, बिमला सुबेदीको समेत बिशिस्ट आतिथ्यता रहेको थियो ।

EPIC

बर्ष २०२१ को लागि जेसि अनिल वाग्लेको नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गरेका थिए। उनले महासचिवमा सुजित बराल, कोषाध्यक्षमा मुकेश भट्टराई र कानुनी सल्लाहकारमा गजुहाङ योङ्याहाङ लगायत ३१जनालाई मनोनित गरेका छन् ।

कार्यक्रममा बुद्धशान्ति गाउँपालिका अध्यक्ष भुजेलले बुधबारे जेसिजले गरेको कामको प्रशंसा गर्दै, आउने दिनहरुमा बुधबारे जेसिजले नयाँ योजना बनाएर अगाडि बढ्न आग्रह गरेका थिए । प्रमुख अतिथि भुजेलले पदभार ग्रहण गरेको सबै जेसिजहरुलाई सफल कार्यकालको शुभकामना दिएका थिए ।उनले बुद्धशान्तिलाई सबैतिर चिनाउन तर्फ जेसिजलाई लाग्न अनुरोध गर्दै यसका लागि गाउँपालिकाले युवासंग सहकार्य गर्ने समेत बताए ।

जेसि गजुहाङ योङ्याहाङको संयोजकत्वमा भएको कार्यक्रममा जेसि अर्जुन ढकालले जेसिज आस्था बाचन गरेका थिएभने संचालन २०२० का महासचिब दिपेन सिटौला र कार्यकारीणि उपाध्यक्ष गोकुल पौडेलले गरेका थिए ।

EPIC

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar