Search
Close this search box.
Search
Close this search box.

सम्पूर्ण नेपालीको मुहारमा खुशी छाओस, नयाँ वर्षको शुभकामना

आजबाट नयाँ वर्ष शुरु भएको छ । वर्ष–२०७७ लाई विदाइ गरेर नयाँ वर्ष २०७८ शुरु भएको छ । विक्रम् सम्वत् मान्ने समुदायले धुमधामका साथ नयाँ वर्षलाई स्वागत गरिदैछ । यो वर्ष पारेर धेरैले नयाँ संकल्प गर्छन् । कयौले भने राम्रो वर्षको कामना गर्दै यो दिनको शुरुवात गर्छन् । कतिपय मुलुकहरुमा नयाँ वर्षकै दिनबाट नयाँ आर्थिक वर्षको थालनि मान्ने प्रचलन पनि रहिआएको छ । नेपालमा पनि नयाँ आर्थिक वर्ष नयाँ वर्षकै दिनबाट शुरु गर्नेबारे बहस चलेको पनि थियो । तर, अहिले आर्थिक वर्ष र नयाँ वर्ष फरक–फरक मान्ने गरिएको छ । जेहोस्, समयको वार्षिक चक्र शुरु हुने दिनलाई नयाँ वर्ष मान्ने गरिएको छ । यो दिनबाट नयाँ भित्तोपात्रो पल्ट्याउने गरिन्छ । अझ मानव जीवनका लागि वार्षिक चक्रलाई विशेष मान्ने गरिएको छ । दिन, महिना र दशक भन्दा पनि वार्षिक मानकलाई विषेश मान्ने गरिएको छ । 

वार्षिक पात्रोअनुसार, हाम्रा शैक्षिक, सामाजिक, आर्थिक र मानवीय मानक तय भएका छन् । अतः नयाँ वर्षलाई विशेष मान्ने गरिएको छ । संसारका हरेक देशले वार्षिक समीक्षा गर्ने गर्छन् । विशेषगरी अंग्रेजी नयाँ वर्षका दिन वार्षिक समीक्षा गर्ने गरिन्छ । नेपालमा बिक्रम सम्बत मान्ने भएकाले हाम्रो वार्षिक समीक्षा पनि वैशाख १ गते हुने गरेको छ । समीक्षाले नयाँ यात्रालाई सहज बनाउने विश्वास गरिन्छ । किनभने, कमजोरीको समीक्षा पछि सुधार र राम्रो पक्षको निरन्तरताले नै आगामी यात्रा सफल हुन सक्छ । अतः नयाँ संकल्प गर्नुअघि वार्षिक समीक्षा गर्ने प्रचलन विश्वभर रहेको छ । 

बितेको वर्ष नेपालले सामाजिक, आर्थिक, मानवीय, राजनैतिक र संवैधानिक संकट सामना गर्नुपरेको छ । विश्वव्यापी कोरोना महामारीबाट मुलुकमा निम्तिएको मानवीय संकट पनि उपेक्षित बन्न पुग्यो । महामारीबाट तीन हजार बढीको मृत्यु भएको भयो । अहिले पनि कोरोनाको भय देखि राजनैतिक, आर्थिक, सामाजिक र अन्य क्षेत्र सामान्यकालमा फर्कन सकेको छैन । अतः नयाँ वर्ष २०७८ लाई हामीले सामान्यकाल तर्फ फर्कने योजना र संकल्प बनाउनुपर्नेछ । नयाँ वर्षको शुभकामना !

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *