Search
Close this search box.
Search
Close this search box.

सरकारले तोक्यो चैते धानको समर्थन मूल्य

काठमाडौं। सरकारले चैते धानको समर्थन मूल्य तोकेको छ।  बिहीबारको मन्त्रिपरिषद्को बैठकले चालु आर्थिक वर्ष २०८०–८१ को लागि १८ प्रतिशतसम्म चैते धानको समर्थन मूल्य तोकेको हो।

सरकारले चिस्यान भएको चैते धानको प्रतिक्विन्टल २ हजार ७ सय ७ रुपैयाँ २८ पैसा न्यूनतम समर्थन मूल्य तोकेको जनाएको छ। साथै, १८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानको हकमा एक प्रतिशत चिस्यानका लागि प्रतिक्विन्टल १२ सय ग्रामका दरले हुन आउने तौल घटाई कायम हुन आउने तौलका आधारमा न्यूनतम् समर्थन मूल्य कायम गर्ने निर्णय बैठकले गरेको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *