Search
Close this search box.
Search
Close this search box.

सरकारले ल्यायो अध्यादेश, सरकारी फाइलमा ७ दिनभित्र काम नभए कारबाही हुने

काठमाडौँ । सरकारले अध्यादेश ल्याएको छ ।

शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक सेवामा हुने झन्झट हटाउन केही कानुनहरू संशोधन गर्ने गरिको अध्यादेश ल्याएको हो ।

EPIC EPIC EPIC

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार सरकारको कार्यसम्पादनमा सरलीकरण गर्दै कुनै पनि काम ७ दिनभित्र निर्णय गर्नुपर्ने व्यवस्था गरिएको हो ।

अध्यादेशमार्फत संशोधन हुने कानुनमा सरकारका कामको सम्पादन सरलीकरण ७ दिनभित्र नभए कारबाही हुने व्यवस्था गरिएको र सेवा प्रवाहमा नागरिक एप प्रयोगमा ल्याउने गरी अध्यादेशमार्फत कानुन संशोधन समेत हुने भएको स्रोतले बतायो ।

त्यस्तै, सरकारले गैर आवासीय नेपालीलाई नेपाल बस्न १० वर्षे भिसा दिनेदेखि कम्पनी खोल्न पाउने, नेपाली आइटी कम्पनीले विदेशमा लगानी गर्न पाउने साथै, विदेशमा आर्जित सम्पत्ति स्वदेश ल्याउन पाइने अधिकार समेतको अध्यादेश ल्याइएको स्रोतले बतायो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *