सर्पदंश उपचार केन्द्र बनियानीको स्थापना दिवसको अवसरमा छ जना स्वास्थ्यकर्मीलाई सम्मान

कचनकवल। झापाको कचनकवल गाउँपालिका–६ बनियानीस्थित सर्पदंश उपचार केन्द्रको स्थापना दिवस मनाइएको छ ।

प्राथमिक स्वास्थ्य केन्द्र बनियानी हाताभित्र रहेको उपचार केन्द्रको आज तेस्रो स्थापना दिवस मनाइएको हो । सर्पदंश प्रभावित पालिकाको रुपमा रहेको कचनकवलमा गत २०७८ असार ३ गते सर्पदंश उपचार केन्द्र स्थापना गरिएको थियो ।

EPIC EPIC EPIC

स्थापना दिवसको अवसरमा केन्द्रमा कार्यरत छ जना स्वास्थ्यकर्मीलाई कदर–पत्रसहित सम्मान गरिएको छ । गाउँपालिकाले सर्पदंश उपचारमा उल्लेख्य योगदान पुर्‍याएको भन्दै जनस्वास्थ्य निरीक्षक नविन मिश्र, अहेव हृदयनारायण शाह, अहेव नवाज नुरु अहमद, अहेव राधा राजवंशी र अनमी अनिता राईलाई कदर पत्रसहित सम्मान गरेको हो ।

उनीहरुलाई गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसादसिंह राजवंशी, उपाध्यक्ष नवराज भट्टराई लगायतले कदर–पत्र हस्तान्तरण गर्नुभएको थियो ।

चौबिसै घण्टा सर्पदंशका बिरामीहरुको उपचारमा सक्रिय भएकाले उनीहरुलाई प्रोत्साहन स्वरुप सम्मान गरिएको गाउँपालिका अध्यक्ष रावंशीले बताउनुभयो । पछिल्ला वर्षहरुमा प्राथमिक स्वास्थ्य केन्द्र बनियानीले सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै लगेको समेत उहाँले बताउनुभयो । गुणस्तरीय सेवा प्रवाहसँगै स्वाथ्य केन्द्रमा सेवाग्राहीको चाप बढेको र त्यसको श्रेय यहाँ आबद्ध चिकित्क, स्वास्थ्यकर्मी र कर्मचारीको मेहनतको प्रतिफल भएको उहाँले बताउनुभयो ।

गाउँपालिकाका उपाध्यक्ष भट्टराईले समग्र कचनकवल क्षेत्रको स्वास्थ्य अवस्थालाई सुधार गर्दै अब्बल स्वास्थ्य सेवा प्रदान गर्ने योजनाका साथ गाउँपालिका अघि बढेको बताउनुभयो । “स्वास्थ्यकर्मीहरुले हँसिलो र जिम्मेवार भएर काम गर्नुभएको छ”, उहाँले भन्नुभयो, “त्यसलाई अझ राम्रो बनाएर अघि बढ्न आग्रह गर्छु ।” तथ्य–तथ्यांकलाई चुस्तदुरुस्त राख्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

सोही कार्यक्रममा प्राथमिक स्वास्थ्य केद्र बनियानीको सामाजिक परीक्षणसमेत गरिएको छ । कचनकवल गाउँपालिकाको आयोजनामा चालू आर्थिक वर्ष २०८०/८१ को केन्द्रको सामाजिक परीक्षण गरिएको हो ।

प्राथमिक स्वास्थ्य केन्द्रका व्यवस्थापन समिति अध्यक्ष रोमसाम राजवंशीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसादसिंह राजवंशी, विशेष अतिथि उपाध्यक्ष नवराज भट्टराई, कचनकवल–६ का वडाध्यक्ष चिन्तामणि खरेल, वडा सदस्य टेनेस राजवंशी लगायतको आतिथ्य रहेको थियो ।

सर्पदंश उपचार केन्द्रको अवस्थाका गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख महेशचन्द्र नेपाल र प्राथमिक स्वास्थ्य केन्द्रका गतिविधिका बारेमा गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक नविन मिश्रले प्रकाश पार्नु भएको थियो ।

प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख दिपेन राजवंशीले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन नारायण नेपाल गर्नुभएको थियो । कार्यक्रममा प्राथमिक स्वास्थ्य केन्द्र व्यस्थापन समिति सदस्य, स्वास्थ्यकर्मी लगायतको उपस्थिति रहेको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
1
+1
1
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *