Search
Close this search box.
Search
Close this search box.

सर्लाहीको सिमा क्षेत्रमा किशोर मृत फेला

सर्लाही सदमुकाम मलङ्गवामा नेपाल–भारत सीमा नजिकै एक किशोर मृत अवस्थामा फेला परेका छन् । मलङ्गवा नगरपालिका–८, स्थित प्रहरी चौकी गोरखकालीदेखि पूर्वतर्फ अन्दाजी २०/२१ वर्षका तराई मुलको जस्तो देखिने किशोर मृत फेला परेका हुन् । मुखबाट फिज काडेको अवस्थामा जिन्स पाइन्ट र कालो सर्ट लगाएका किशोरको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मलङ्गवाले जनाएको छ ।

मृतकको शव कानुनी प्रक्रिया पूरा गरी पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा ल्याइएको छ । युवकको परिचय खुलाउन मातहतका सम्पूर्ण प्रहरी युनिटमा हुलिया पत्राचार गरी स्थानीयवासीसँग सोधखोज गरिरहेको सर्लाही प्रहरीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपेन्द्र पन्जियार थारुले जानकारी दिनुभयो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *