सवारी दुर्घटना हुँदा कमलमा साहनीको  मृत्यु

झापा। कमल गाउँपालिकामा सवारी दुर्घटना हुँदा मोटरसाइकल चालको मृत्यु भएको छ। कमल गाउँपालिका -३ बोहोरा टोलदेखि बगाने टोल हुँदै क्याम्पा निस्कने भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना भएको हो।

शनिबार बिहान ११ बजे उत्तर दिशा तर्फ आइरहेको मे ११ प ९२०३ नम्बरको मोटरसाइकल र विपरित दिशा तर्फ गई रहेको मे २ प ५९२३ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिँदा उक्त घटना भएको हो।

EPIC EPIC EPIC EPIC EPIC

दुर्घटनामा गम्भीर घाइते भएका मे २ प ५९२३ नम्बरको मोटरसाइकल चालक कमल गाउँपालिका ३ बस्ने ३० वर्षीय बिरेन्द्र सहनीको दमकस्थित लाइफलाइन अस्पतालमा उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी एवं प्रवक्ता खगेन्द्र रिजालले जानकारी दिएका छन्।

अर्का मोटरसाइकल चालक सोम भगत बुढाथोकी सामान्य घाईते उनलाई इलाका प्रहरी कार्यालय दमकमा अनुसन्धानका राखिएको छ भने दुर्घटनाग्रस्त मोटरसाइकललाई प्रहरी चौकी केर्खाले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *