Search
Close this search box.
Search
Close this search box.

सशस्त्र प्रहरीद्वारा कचनकवलमा लागूऔषध सचेतना कार्यक्रम सञ्चालन

कचनकवल। पछिल्लो समयमा कचनकवलमा लागूऔषधको सेवन तथा ओसारपसार बढ्दै गएपछि विद्यार्थीलाई कुलतबाट जोगाउन सशस्त्र प्रहरीले विद्यालयमै पुगेर सचेत गराउन थालेको छ।

खुला सिमानाका कारण कचनकवलका विभिन्न क्षेत्रहरु लागूऔषध प्रयोग र बिक्री वितरणको उच्च जोखिममा रहेको जनाउँदै सशस्त्र प्रहरी बल नेपाल बिओपी केचनाले लागूऔषध दुर्व्यसन रोकथामसम्बन्धी चेतनामूलक अभियान सञ्चालन गरेको जनाएको छ।

EPIC EPIC EPIC

सशस्त्र प्रहरी बल नेपाल बिओपी केचनाका प्रमुख सशस्त्र प्रहरी निरीक्षक केशव मैनालीले विद्यार्थी र युवालाई लागूऔषधको दुर्व्यसनका बारेमा सचेत गर्न अति आवश्यक ठानेर यो जनचेतनामूलक अभियान चलाइएको बताउनुभयो। उहाँले यो अभियान अन्तर्गत जोखिम क्षेत्रका विद्यालयमा प्रहरी पुगेर विद्यालयमा अध्ययनरत छात्र, छात्रा र शिक्षक शिक्षिकालाई लागूऔषधबाट हुने हानी र त्यसका असरबारे जानकारी गराएर सचेत पार्ने कार्य शुरु गरिएको बताउनुभयो।

‘लागूऔषध दुर्व्यसन रोकथामसम्बन्धी जनचेतनामूलक कार्यक्रम’ अन्तर्गत कचनकवल ४ केचनामा महेन्द्र रत्न माध्यमिक विद्यालयमा सचेतनामूलक प्रशिक्षण गरिएको छ। निरीक्षक मैनालीले कार्यक्रममार्फत कक्षा ८, ९ र १० मा अध्ययनरत छात्रछात्रा र शिक्षकहरूलाई लागूऔषध दुर्व्यसन रोकथाम तथा नियन्त्रणसम्बन्धी प्रशिक्षण प्रदान गर्नुभएको थियो।

उहाँले विद्यार्थी र युवाले लागूऔषधको कुलतबाट बच्नुका साथै कतै कसैले सो प्रयोग गरेको वा ओसारपसार गरेकोबारेमा केही जानकारी हुनेबित्तिकै प्रहरीलाई जानकारी गराउन पनि आग्रह गर्नुभयो।

कक्षा ८, ९ र १० का करिब १५० जना विद्यार्थी र शिक्षकको सहभागिता रहेको सो कार्यक्रममा सहभागी अधिकांश छात्रछात्राले लागूऔषधबाट जोगिने प्रतिबद्धता जनाउँदै अरुलाई पनि सो कुलतमा लाग्न नदिने प्रतिबद्धता जनाएका छन्।

सिमाक्षेत्रमा लागूऔषध ओसारपसार र सेवन गर्ने मानिसहरुलाई सशस्त्र प्रहरीद्वारा विशेष निगरानीमा राखेपनि प्रयोगकर्ता तथा ओसारपसारकर्ताले खुला सिमानाको फाइदा लिंदै सीमापारीबाट विभिन्न प्रकारका लागूऔषध खरिद गरेर नेपाल ल्याउने कार्य दिनदिनै हुँदै आएको छ। प्रहरीले दैनिकजसो लागूऔषध ओसार पसार र बिक्री गर्नेलाई पक्राउ गर्दै आएपनि अवैध रुपमा भित्रिने क्रम भने रोकिएको छैन।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *