Search
Close this search box.
Search
Close this search box.

सहकारी प्रकरणमा मेरो नामबाहेक अरु केही छैन : गृहमन्त्री लामिछाने

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारीको घटनामा आफ्नो नामबाहेक अरु केही पनि नभएको बताउनुभएको छ ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उहाँले नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले केही सहकारीको रकमबारे उठाएको प्रश्नमा उहाँले उक्त जवाफ दिनुभएको हो ।

उहाँले भन्नुभयो, ‘सहकारीमा मेरै नाम भएको भन्ने बुझियो । त्यसमा मेरो नाम छ भनिएको छ । त्यहाँ नाम बाहेक केही पनि छैन । अर्थात न हस्ताक्षर छ, न ल्याप्चे छ, न कुनै निवेदन दिएको छु । न मेरो सामान्य केवाइसी भरिएको छ । केही पनि छैन । न कुनै पत्र पाएको छु, न कुनै अनुसन्धान भएको भन्ने कुरा थाहा छ । मैंले सुनेअनुसार त्यो मुद्दा अदालतमा दर्ता भएको छ ।

मुद्दामा म प्रतिवादी छैन । प्रतिवादीहरुको बयानमा पनि मेरो नाम उल्लेख भएको जानकारी छैन । एउटा जाहेरी छ जुन सूचनाको रुपमा मैंले ग्रहण गरेको बाहेक त्यो दर्ता पनि भएको छैन् ।’

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *