सहिद परिवारसँग भेटघाटमा अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहिद परिवारका सदस्यहरूसँग भेटघाटमा लागेका छन् । बिहीबार अध्यक्ष प्रचण्ड बाँकेको खजुरा ३ धवलागिरि गाउँस्थित सहिद डम्बर रानाभाटको घरमा पुगेर सहिद परिवारसँग भेटघाट गरेका छन् । 

बिहीबार बिहानको खाना समेत सहिद परिवारसँगै बसेर खाएका प्रचण्डले सहिदहरू कहिल्यै नमर्ने भन्दै सहिद परिवारको दुःख पीडामा पार्टी रहेको बताए । 

EPIC EPIC EPIC

आफू तेस्रो पटक प्रधानमन्त्री भएको बेला जनयुद्धका सबै सहिदलाई राष्ट्रिय सहिद घोषणा गरिएको जानकारी दिँदै प्रचण्डले सहिद तथा बेपत्ता परिवारको सम्मान राज्यले गर्ने बताए । यसै क्रममा प्रचण्डले बाँकेको खजुरामा निर्मित सहिद स्मारकको उद्घाटन समेत गरेका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *