Search
Close this search box.
Search
Close this search box.

साइकलबाट लडेर झापामा एक जनाको मृत्यु

झापा – साइकलबाट लडेर झापामा एकजनाको मृत्यु भएको छ।

झापाको बाह्रदशी गाउँपालिकाका एक पुरुषको साइकलबाट लडेर मृत्यु भएको हो।

बिहीबार साँझ ७:३० बजे बाह्रदशी गाउँपालिका वडा नं. २ स्थित राजगढबाट कुटीतर्फ जादै गर्दा बाह्रदशी १ बस्ने अन्दाजी ४० वर्षिय दयालाल राजवंशी साईकलबाट आफै अनियन्त्रित भइ लडेका थिए ।

लडिरहेको अवस्थामा स्थानीयबासीले देखेर जानकारी गराउनासाथ इलाका प्रहरी कार्यालय राजगढबाट प्रहरी टोली खटी गइ घाईतेलाई उपचारको लागि बिर्ता सिटी हस्पिटल बिर्तामोड पठाएको थियो ।

उनको शुक्रबार दिउँसो १.३० बजे उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *