Search
Close this search box.
Search
Close this search box.

साउनदेखि सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिँदै

झापा। आगामी साउनदेखि सामाजिक सुरक्षा भत्ता र पेन्सन वितरणमा राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गर्ने तयारीमा सरकार लागेको छ ।

सुरुमा झापासहित २८ जिल्ला लागू गरिने यो प्रावधान विस्तारै सबै जिल्लामा लागू हुनेछ । त्यसमाथि परिचयपत्रलाई नागरिकका सबैखाले विवरण उपलब्ध हुने स्रोत कार्डको रुपमा परिणत गर्ने प्रक्रिया पनि सुरु भएको छ ।

सरकारले आगामी साउनदेखि सामाजिक सुरक्षा भत्ता र पेन्सन वितरणका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गर्ने तयारी गरेको हो । पहिलो चरणमा झापासँगै काठमाडौं, ललितपुर, भक्तपुरलगायतका २८ वटा जिल्लामा यो प्रावधान लागू हुनेछ ।

पहिलो चरणको नतिजा हेरेर दोस्रो चरणमा थप ३८ जिल्ला र त्यसपछि बाँकी ११ जिल्लामा यो नियम लागू गरिने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ ।

विभागका निर्देशक मुकेश केशरीका अनुसार राष्ट्रिय परिचयपत्रको प्रावधान लागू भएपछि सेवाग्राहीले सामाजिक सुरक्षा भत्ता र पेन्सनका लागि आ-आफ्ना वडा वा पालिकाबाट नवीकरण लगायतका सुविधा लिन सक्नेछन् । परिचयपत्र अनिवार्य गरेपछि सामाजिक सुरक्षा भत्ता र पेन्सन दुवै सुविधा लिने समस्या समाधान हुने विश्वास विभागको छ ।

एउटै व्यक्तिले दोहोरो सुविधा लिन खोजे प्रणालीले नै रोक्नेगरी सफ्टवेयर निर्माण गरिएको छ । तर, आमरुपमा भने पेन्सन र सामाजिक सुरक्षा भत्ता लिने सेवाग्राहीलाई सजिलो हुने दाबी विभागको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *