काठमाडौं। चोरीमा संलग्न रहेको आरोपमा ४ जना र चोरी गरेका सामान खरिद गर्ने १ जना गरी ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा राजेश लामिछाने, भिम तामाङ, रितेश लामा, विलास खतिवडा र नवराज सदाशंकर रहेका छन्।
उनीहरुले टोखा नगरपालिका–८ स्थित सुरेश शाहीको घरबाट ४० ईन्चको टिभि सहित सुनका विभिन्न गहना समेत गरी करिब १३ लाख ६१ हजार रुपैयाँ मूल्य बराबरको धनमाल चोरी गरेको प्रहरीले जनाएको छ।