बुद्धशान्ति । हिमशिखर साना किसान कृषि सहकारी सस्था बुद्धशान्ति को ९ औं बार्षिक साधरण सभा सम्पन्न भएको छ।
सस्थाका अध्यक्ष कृष्ण आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा १२ जना कृषकलाई सम्मान समेत गरिएको थियो।
सोही कार्यक्रममा सँस्थाका पुर्व अध्यक्ष एवं अग्रज कृषक धनबहादुर श्रेष्ठलाई बिशेष सम्मान प्रदान गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष मिरा भुर्तेलले सहकारीले कृषकहरुलाई आर्थिक सहकार्य गर्न सहयोग पुर्याएको भन्दै प्रशंसा गरेकी थिइन्।
त्यस्तै कार्यक्रमका बिशिस्ट अतिथी बिर्तामोड स्थित साना किसान लघुबित्त बित्तिय सस्थाका प्रबन्धक सुबास गौतमले शुभकामना मन्तव्य राखेका थिए।
गौतमले सहकारीहरु अझ ब्यवसायिक बन्न आवश्यक रहेको बताए। उनले कृषकलाई आफ्ना उत्पादन आफैं प्रशोधन गर्नेगरी सहकारीसँग समन्वय गर्न आह्वान गरेका थिए।
कार्यक्रममा वडा नम्बर ४का वडाध्यक्ष बुद्धिमान लिम्बु, ५का बासुदेव खतिवडा र ६ का शम्भुप्रसाद पौडेल, नेकपा एमाले वडा न.६ का अध्यक्ष निलमणी न्यौपाने,शान्ती आदर्श माविका सोमनाथ पौडेल,नेपाल स्काउटका शिवकुमार पौडेल लगायतको उपस्थिति थियो।कार्यक्रमको संचालन सस्थाका प्रबन्धक नारायण पौडेलले गरेका थिए।
नयाँ कार्यसमिति चयन
सोमबार सम्पन्न साधरण सभाबाट चेतन पौडेल अध्यक्षमा सर्वसम्मत चयन भएका छन।
नवनिर्वाचित अध्यक्ष पौडेलले आफू नयाँ ढङ्गबाट सहाकारी मार्फत समुदायमा पुग्न आतुर रहेको बताए।
त्यस्तै उपाध्यक्षमा उमा आचार्य चयन भएको निर्वाचन मण्डलका संयोजक शम्भुप्रसाद पौडेलले जानकारी दिएका छन्।
सभामा उपस्थित भेलाले नयाँ समितीलाई अनुमोदन गरेको भन्दै,संयोजक पौडेलले सर्वसम्मत रुपमा नयाँ समिति चयन भएकोमा सबैलाई बधाई दिए।
समितीको सदस्यमा अरुण खतिवडा,गोमा भट्टराई, देवि प्रसाद खनाल,कृष्ण आचार्य,शान्ता तामाङ,केशव अधिकारी,सुर्य खनाल,अम्बिका देवकोटा र तुलसा खनाल चुनिएका छन्।