काठमाडौं।
सामाजिक सञ्जालमा विपिनका पक्षमा अभियान चलाउँदै पोस्ट हुन थालेको छ । यहि पोस्ट धेरै आफ्नो प्रोफाइल, पेज तथा ग्रुपमा राखेर फैलाउँदैछन् । यसमा हाम्रो ऐक्यबद्धता जनाउँदै पोस्ट गरेका छौँ ।
हमासले ३४ जना बन्धकहरू मुक्त गर्न लागेको खबर आएको छ । तर दुखको कुरा, त्यो सूचिमा नेपालका विपिन जोशीको नाम छैन । विपिनको नाम थप्न कतारले हमाससँग सिफारिस गर्न सक्छ । हमासले अकारण नै बन्धनमा परेका विपिनलाई मुक्त गरिदिन सक्छ । यी भए सम्भावनाका कुरा ।
यसमा हामीले विनम्रतापुर्वक कतार र हमासलाई आग्रह गर्न सक्छौँ कि विपिनलाई मुक्त गरिदेउ । यसका लागि विपिन जोशीको नाममा #BipinJoshi #ReleaseBipinJoshi #HamasPlease #QatarSaveBipin जस्ता ह्यासट्यागहरू प्रयोग गरेर सामाजिक सञ्जालमा ट्रेन्डिङ गर्न सक्छौँ ।
थाहा छैन, हामीले यति गर्दा सकारात्मक प्रभाव परेर, दबाब वा अनुनय अनुभव गरेर विपिन छुट्छन् कि छुट्दैनन् ? तर यति गर्दा हाम्रो तर्फबाट केहि समयबाहेक अर्थोक केहि पनि खर्च हुदैन । केहि नगुमाइ कसैको जीवन फर्काउन यति त हामी गर्न सक्छौँ ।