शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सामुदायिक विद्यालयका शिक्षकहरूलाई विद्यालय समयमा लोक सेवा आयोग, शिक्षक सेवा आयोगलगायतका तयारी कक्षा पढ्ने पढाउने कार्य नगर्न निर्देशन दिएको छ ।
विद्यालय समयमा आयोगका तयारी कक्षा तथा कोचिङ कक्षा पढ्ने/पढाउने गरेको गुनासो आएको भन्दै उक्त कार्य नगर्न निर्देशन दिइएको केन्द्रले जनाएको छ ।
