Search
Close this search box.
Search
Close this search box.

सावधान, तपाईँ सिसिटिभी क्यामेराको निगरानीमा !

बुद्धशान्ति(पालिका सन्देश) । के तपाईँ सार्वजनिक स्थानमा गलत कार्य गर्दै हुनुहुन्छ ? गर्दैहुनुहुन्छ भन्ने सचेत हुनुहोस्, तपाईँ सिसिटिभी क्यामेराको निगरानीमा हुनुहुन्छ । बुद्धशान्ति गाउँपालिकाको अतिव्यस्तस्थल, संवेदनशील क्षेत्र र प्रमुख सडक क्षेत्रमा सिसिटिभी जडान गर्ने कार्य सम्पन्न गरिएको छ । गाउँपालिकाको सातवटै वडा कार्यालयहरुबाट आफ्नै भवन निर्माण सम्पन्न भई सेवा प्रदान हुँदै आएको सन्दर्भमा सबै वडा कार्यालयहरु, शाखा बाटाहरुमा आफ्नै फाइवर नेटवर्क स्थापना गरी सिसिटिभी क्यामेराको जडान तथा व्यवस्थापनको कार्य सम्पन्न भएको हो ।

गाउँपालिकाका सबै वडा कार्यालयहरुमा मोनिटर, एनभीआर समेतको व्यवस्थापन गरी बुद्धशान्ति–३ (साबिक बुधबारे–७)नं चोक, बुधवारे बजार दक्षीण कृषि भवनक्षेत्र, बुधवारे बजार उत्तर पहाडि चोक पुर्व, बुधवारे तल्लो चोक, पहाडी चोक, पुलचोक, हापेन चोक, शान्तिचोक, नमुना चोक, भोटेटार चोक, होक्से चोक, जयपुर चोक, मंगलबारे बजार पुछार, कालिखोला, पिपल चोक, बर्नेमा सिसिटिभी क्यामेरा जडान गरिएको हो । जसमा आगामी दिनमा क्यामेराहरु थप गर्नु परेमा सहज रुपमा थप गर्न सकिने गरी यो कार्य अगाडी बढाइएको र पछिल्लो समयमा कालिखोला क्षेत्रमा समेत सिसिटिभी क्यामेरा थप गरिएको गाउँपालिका अध्यक्ष मनोज प्रसाईंले बताएका छन् ।

उनले सिसिटिभीको जडानले नागरिकलाई सार्वजनिक स्थानमा गलत कार्य नगर्न सचेत गराउने समेत बताएका छन् । कतिपय बेला घटना घटि सकेपछि सम्बन्धित घटनाबारे सिसिटिभीको रेकर्डमार्फत अध्ययन अनुसन्धान गर्न र दोषीलाई कारबाहीको दायरामा ल्याउन समेत यसको प्रयोग प्रभावकारी रहने उनको भनाइ छ ।

गाउँपालिका उपाध्यक्ष भवानी प्रसाद खतिवडाले बजारको बिस्तार संगै सुरक्षा चुनौती बढेको र थोरै सृुरक्षाकर्मीका बिच पनि नागरिकलाई सुरक्षित राख्न पालिकाले सिसिटिभी क्यामेरा जडान गरेको बताए । क्यामेरा जडानले नागरिकलाई थोरै भएपनि सुरक्षामा राहत भएको बताएका छन् । उनले पालिका भित्रका स्थानहरुमा कुनै शङ्कास्पद गतिविधि क्यामेरामा देखिएमा तुरुन्त त्यस स्थानमा प्रहरी परिचालन गर्नेदेखि लिएर सडकको अस्तव्यस्तता हटाउन सम्मका काममा क्यामेरा सहयोगी बन्ने बिस्वास लिएका छन् ।

अपराधिक क्रियाकलाप नियन्त्रण, अपराध अनुसन्धान तथा सडकमा हुने ट्राफिक जाम र सडक दुर्घटना कम गर्न सिसिटिभी क्यामेरा थप प्रभावकारी बन्ने इलाका प्रहरी कार्यालय बुधबारेका इन्चार्ज भानु मगरले बताएका छन् । उनले क्यामेरा जडान गरी नागरिकको सुरक्षामा थप सहजीकरण गरेकोमा गाउँपालिकालाई धन्यवाद समेत दिएका छन् । बिद्युत प्रवाह, फाइबर केवल, नेटवर्क लगायतका विषयहरुले गर्दा यो कार्य आँफैमा चुनौतीपूर्ण रहेकोले यस विषयमा पालिका सूचना प्रविधि शाखा गम्भिर रहेको बताइएको छ । आगामी दिनहरुमा देखिएका समस्याहरुलाई सामाधान गर्दै व्यवस्थित रुपमा अधिकांश स्थानहरुमा सिसिटिभी क्यामेरा जडान गर्न बुद्धशान्ति गाउँपालिका प्रतिबद्ध रहेको बताइएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *