काठमाडौ । साहस उर्जा लिमिटेडले असोज ६ गतेदेखि १० गतेसम्म सर्वसाधारणको लागि निष्कासन गरेको सेयर भोलि (आइतबार) बाँडफाँट गर्ने भएको छ । आइतबार बिहान ९ बजे नै बाँडफाँट गर्ने प्रवर्द्धक कम्पनीले जानकारी गराएको छ ।
७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता सेयर निष्कासनमा ल्याएकोमा २ लाख १० हजार कित्ता सेयर कर्मचारीहरुका लागि र ३ लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याइएको थियो ।
बाँकी रहने ६४ लाख ४० हजार कित्ता सेयर मात्रै सर्वसाधारणलाई वितरण गर्न थालेको हो ।
कम्पनीको आईपीओमा २४ लाख ७४ हजार ४३६ आवेदकबाट ३ करोड ४४ लाख ९८ हजार ३९० कित्ता सेयर माग भएको छ । यी मध्येबाट ६४ लाख ४० हजार कित्ता शेयर बाँडफाँट गरिने छ ।