Search
Close this search box.
Search
Close this search box.

साहित्यकार ढुंगेलको ‘प्रेमकुण्ड’ विमोचन

बिर्तामोड । साहित्यकार, गीतकार तथा मोडल भगवती ढुंगेलको उपन्यास ‘प्रेमकुण्ड’ विमोचन गरिएको छ ।

लायन्स क्लव अफ स्मार्ट लेडी बिर्तामोडको आयोजनामा ‘प्रेमकुण्ड’ काे अाज विमोचन गरिएको हाे।

लायन्स क्लव अफ स्मार्ट लेडी बिर्तामोडकी अध्यक्ष लिला मैनालीको अध्यक्षता तथा प्राज्ञ सभा सदस्य सुभद्रा भट्टराईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाकी प्रथम उपाध्यक्ष पार्वता गिरीले स्वागत गरेकी थिइन् ।

कार्यक्रममा प्राज्ञ सभा सदस्य सुभद्रा भट्टराई, साहित्यकारहरु कोमलप्रसाद पोखरेल, हेम अधिकारी साहित्य चौतारी झापाका संस्थापक/संरक्षक देवीभक्त श्रेष्ठ, संस्थापक अध्यक्ष शिवशंकर थापा, सल्लाहकार राजेन्द्र संग्रौला, बिर्तामोड–२का वडाध्यक्ष नगेन्द्र संग्रौला , लायन्स क्लब अफ ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५ ए वान एलसीआईएफ डिष्ट्रिक कोओर्डिनेटर लिला चिमरिया , प्राध्यापक लक्ष्मी पौडेल लगायतले कृतिको विमोचन गरेका थिए ।

प्राध्यापक लक्ष्मी पौडेलले उपन्यास ‘प्रेमकुण्ड’को समीक्षा गर्दै प्रेमिल मनहरुका लागी उपन्यास उपयोगी भएको बताइन् ।
त्यस्तै साहित्यकार ढुंगेलले आफ्नो चौथो कृतिका रुपमा उपन्यास ‘प्रेमकुण्ड’ विमोचन गरिएको बताउँदै ‘प्रेमकुण्ड’ नितान्त प्रेमकथामा आधारित उपन्यास भएको बताइन् ।

कार्यक्रममा प्राज्ञ सभा सदस्य भट्टराईले साहित्यकार ढुंगेलले साहित्यिक कृति प्रकाशन गरेर साहित्यको क्षेत्रमा एउटा इँटा थपेको बताइन् । त्यस्तै लायन्स क्लब अफ ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५ ए वान एलसीआईएफ डिष्ट्रिक कोओर्डिनेटर लिला चिमरिया , बिर्तामोड–२का वडाध्यक्ष नगेन्द्र संग्रौलालगायतले साहित्यकार भगवति ढुंगेल शशक्त नारी हस्ताक्षरको रुपमा साहित्यिक आकासमा उदाएको भन्दै साहित्यकार ढुंगेलको प्रशंसा गरेका थिए ।

कार्यक्रममा साहित्यकार पर्शुराम तिम्सिनालाई सम्मान गरिएको थियो भने लायन्स क्लव अफ स्मार्ट लेडी बिर्तामोडले साहित्यकार ढुंगेललाई सम्मान गरेको थियो ।कार्यक्रममा सरगम संगीतालयका कलाकारहरुले साहित्यकार ढुंगेलद्वारा रचित गीत प्रस्तुत गरेका थिए ।

विर्तामोड–१ निवासी ढुंगेलका उपन्यासहरु ‘आधा सत्य’ ‘प्रेमिल’ ‘प्रेमकुण्ड’ कविता तथा मुक्तक संग्रह देश र आमा र ‘मधुशाला बन्यो’ र ‘हाँसौ कसरी’ ‘न पिउँत’बोलको गीत र म्युजिक भिडियो समेत सार्वजनिक भइसकेका छन् ।
सोही कार्यक्रममा उपन्यासका प्रकाशक तथा कलाकार जनक खड्काको जन्मोत्सव समेत मनाइएको थियो ।

कार्यक्रममा साहित्यकार ढुंगेलले उपन्यासका प्रकाशक तथा कलाकार जनक खड्कालाई जन्मदिनको शुभकामनासहित युनीयन लाइफ इन्स्योरेन्सको ५० लाखको वीमा उपहारस्वरुप प्रदान गरेकी थिइन् ।

उपन्यासका प्रकाशक तथा कलाकार जनक खड्काले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन लायन्स क्लव अफ स्मार्ट लेडी बिर्तामोडकी सहसचिव संगीता गिरीले गरेकी थिइन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *