बिर्तामोड– साहित्य चौतारी झापाको आयोजनामा आज काव्यिक शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । नयाँ वर्षको पूर्वसन्ध्यामा साहित्य चौतारीले शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको हो ।
साहित्य चौतारी झापाका अध्यक्ष हस्त परियारको अध्यक्षता र साहित्यकार कोमलप्रसाद पोखरेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा साहित्यकारहरुले आ-आफ्नो रचना वाचन गरेका छन् ।
साहित्य चौतारीका संस्थापक संरक्षक देवीभक्त श्रेष्ठले नयाँ वर्ष नेपाल र नेपालीका लागि उर्जाको विषय हुने भन्दै अठोट र धैर्यताको भावना जागृत हुनु पर्ने बताएका थिए ।
सोही अवसरमा साहित्य चाैतारीकाे कार्यालय सचिब भक्त घले लगायतको टिमले अष्टेलियाबाट प्राप्त भएको नगर ६० हजार र एकसेट लता कपडा दृस्टीविहिन जेठा मुरमुरलाई वितरण गरिएको थियो ।