Search
Close this search box.
Search
Close this search box.

सिएनएनको साहसी खेलाडीको सूचीमा पूर्णिमा

एकै सिजन १३ दिनको अन्तरमा तीनपटक सगरमाथा आरोहण गर्ने पूर्णिमा श्रेष्ठ सिएनएनको साहसी खेलाडीको सूचीमा परेकी छिन् । सिएनएनले आइतबार सार्वजनिक गरेको ‘द एक्सट्रिम एथलेस्ट हु पुस्ड लिमिट इन २०२४’ को सूचीमा पूर्णिमा परेकी हुन् । सिएनएनकी एमी उडयाटले वर्षका उत्कृष्ट आठ साहसी खेलाडीको आलेख तयार पारेकी छिन् ।

‘पूर्णिमाले यस वर्ष इतिहास रचिन् । उनले एकै सिजनमा तीनपटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान भंग गरिन्,’ उडयाटले भनेकी छिन् । पूर्णिमा गत १२, १९ र १५ मेमा लगातार सगरमाथाको सफल आरोहण गरेकी थिइन् । सो लेखमा पूर्णिमाले आफ्नो सगरमाथा आरोहणका क्रममा बटुलेको अनुभव बाँडेकी छिन् । ‘शरीर थकित थियो । मैले आफूलाई मूर्ख केटीजस्तो महसुस गरेकी थिएँ । यो महŒवाकांक्षालाई त्याग्ने सोच पनि बारम्बार आइरह्यो,’ पूर्णिमाले सगरमाथा चढ्दाको थकानबारे बताइन् ।

EPIC EPIC EPIC

उनले सगरमाथा आरोहणका क्रममा सपना पूरा गर्नतर्फ लागेको बताइन् । ‘मैले सपनामा ध्यान केन्द्रित गरेँ । सपनाबारे केन्द्रित हुनु सबैभन्दा कठिन कुरा थियो,’ उनले भनिन् । पूर्णिमा विश्वको सातौँ अग्लो हिमाल धौलागिरि चढ्ने पहिलो नेपाली महिलासमेत हुन् । उनले सन् २०२१ मा धौलागिरि आरोहण गरेकी थिइन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *