बुटवल । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका मेयर र उपमेयर एकै पटक विदेश भ्रमणमा निस्किएका छन् । नेपाली कांग्रेसबाट निर्वाचित भएका मेयर इस्तियाक अहमद खाँ आफ्नो टोलीसहित कोरिया गएका हुन् । त्यस्तै नेकपा एमालेबाट निर्वाचित उपमेयर उमा अधिकारी चीन भ्रमणमा छिन् ।
सिद्धार्थ नगरपालिका प्रमुख प्रशासकीय अधिकृत जनक थापा मगरले दसैँ सुरु भएपछि मात्रै मेयर र उपमेयर फर्किने बताएका छन् ।
मेयर इस्तियाकले कार्यवाहक जिम्मेवारी १३ नम्बरका वडाध्यक्ष सोमबहादुर गुरुङलाई दिएका छन् । कांग्रेसबाटै निर्वाचित भएका वडाध्यक्ष गुरुङलाई कार्यवाहक दिँदा प्रवक्ता रहेका वडाध्यक्ष मुक्ति नाथ भोला यादव असन्तुष्ट रहेका छन् ।