Search
Close this search box.
Search
Close this search box.

सिनोफार्मले विकास गरेको कोरोनाविरुद्धको खोपलाई चीनले दियो स्वीकृति, कुन देशका खोप कति प्रभावकारी ?

सीएनएन। चीनले औषधी कम्पनी सिनोफार्मले विकास गरेको कोरोनाभाइरसविरुद्धको खोपलाई प्रयोगमा ल्याउन स्वीकृति प्रदान गरेको छ। चीनले आज सिनोफार्मलाई स्वीकृति दिएको हो। सिनोफार्म चीन सरकारको स्वामित्वमा रहेको औषधी कम्पनी हो।

सिनोफार्मले आफ्नो खोप ७९.३४ प्रतिशत प्रभावकारी रहेको घोषणा गरेपछि चीन सरकारले स्वीकृति प्रदान गरेको हो। उक्त खोपको तीन चरणको परीक्षणपश्चात स्वीकृति दिइएको हो।

चीनले पछिल्ला साता हरमा खोपको आपत्कालीन प्रयोगलाई तीव्र रूपमा अघि बढाएको छ। चीनको राष्ट्रिय स्वास्थ्य आयोगका उपमन्त्री जेङ यिक्सीनले आज आयोजित पत्रकार सम्मेलनमा डिसेम्बर १५ यता चीनले ३० लाख खोपको डोज लक्षित समूहलाई प्रदान गरिएको जनाएका छन्।

खोपको परीक्षण गर्दा ०.१ प्रतिशतलाई हल्का ज्वरो आएको र प्रति १० लाख २ जनामा केही गम्भीर असर देखिएको थियो।

चीनले सिनोफार्मले विकास गरेको खोपलाई सुरक्षित बताएको छ। जसले खोपको दुई डोज प्राप्त गरेका छन्, उनीहरूको शरीरमा कोरोनाभाइरसँग लड्न राम्रोसँग ‘एन्टिबडी’ उत्पादन गरेको दाबी गरिएको छ।

सिनोफार्मले विकास गरेको खोप यसअघि नै चीनमा हजारौँ जनालाई दिइसकिएको छ। गत नोभेम्बरसम्म उक्त खोप चीनमा करिव १० लाख मानिसले लिइसकेका थिए। उक्त खोपले विश्व स्वास्थ्य संगठन र चीनको आफ्नै नियमक निकायको मापदण्ड पूरा गरेको जनाइएको छ।

सिनोफार्मले विकास गरेको खोप फाइजर–बायोएनटेक र मोडर्नाले विकास गरेको खोपभन्दा कम प्रभावकारी रहेको छ। फाइजर–बायोएनटेक र मोडर्नाले विकास गरेको खोपको प्रभावकारिता ९५ प्रतिशत रहेको जनाइएको छ भने सिनोफर्मको ७९.३४ प्रतिशत रहेको छ।

युनाइटेड अरब इमिरेट्स (युएई)ले डिसेम्बर ९ मै तयार पारेको खोप ८६ प्रतिशत प्रभावकारी रहेको थियो। सिनोफार्मले विकास गरेको खोपको प्रभावकारिता बेलायतको अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेको खोपभन्दा बढी रहेको देखिन्छ। अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेले विकास गरेको खोप ७० प्रतिशत प्रभावकारी रहेको बताइएको छ।

चीनले सन् २०२१ फेव्रुअरीमा पर्ने चिनियाँ नयाँ वर्षअघि ५ करोडभन्दा बढीलाई उक्त खोप दिने घोषणासमेत गरेको छ। चीनले उक्त खोप परीक्षण गर्न सघाउने र गरिब राष्ट्रहरूलाई उच्च प्राथमिकताका साथ उपलब्ध गराउने जनाएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *