Search
Close this search box.
Search
Close this search box.

सिन्धुलीको मोटरसाइकल दुर्घटनामा घाइते प्रहरी सहायक हवल्दारको पनि उपचारको क्रममा मृत्यु

सिन्धुली।  सिन्धुलीको फिक्कल गाउँपालिकामा भएको मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका प्रहरी सहायक हवल्दारको पनि मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार सहायक हवल्दार सूर्यकुमार श्रेष्ठको उपचारका क्रममा काठमाडौंको प्रहरी अस्पतालमा मृत्यु भएको हो ।

गम्भीर घाइते भएका श्रेष्ठलाई गोलन्जोरको खुर्कोटमा रहेको सुनकोसी सामुदायिक अस्पतालमा उपचारपछि हेलिकप्टरबाट प्रहरी अस्पताल लगिएको थियो । तर उनको पनि उपचारका क्रममा मृत्यु भएको हो ।

गस्ती गर्दै चौकीतर्फ फर्कने क्रममा फिक्कल गाउँपालिका-५ झगडेबेंसीको भित्री सडकमा आइतबार अपराह्न भएको दुर्घटनामा परी रत्नावती प्रहरी चौकी इन्चार्ज प्रहरी सहायक निरीक्षक रविन्द्र ठाकुरको उपचारका क्रममा आइतबारै मृत्यु भएको थियो ।

उनको सुनकोसी सामुदायिक अस्पताल खुर्कोटमा निधन भएको थियो । मोटरसाइकल अनियन्त्रित भई सडकबाट ५० मिटर तल खसेको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *