Search
Close this search box.
Search
Close this search box.

सिपालु हुन जसले चाह्यो, उसले तालिम पायाे

रोङ। इलामकाे राेङ गाउँपालिकाले सबै क्षेत्रकाे तालिमहरु मागकाे आधारमा एकीकृत प्रणालीबाट तालिम सञ्चालन गर्ने भएकाे छ ।

सरकारकाे  बजेट सक्ने माध्यामनै तालिम भएर खास उद्देश्य अनुसारकाे लक्षित समुहले तालिम नपाएकाे गुनासाे आइरहेको बेला राेङ गाउँपालिकाले भने नयाँ किफाईती आवस्यकता अनुसारको उपयाेगि तालिम सञ्चालन र व्यवस्थापन कार्यविधि बनाएर नै तालिमलाई उपयाेगि बनाउने प्रयत्न गरेकाे हाे ।

कार्यबिधि अनुसार राेङ गाउँपालिकाका नागरिकहरुले आफूहरुलाई आवश्यकता भएकाे कुनैपनि तालिम चाहिए दश जनाकाे समुहले प्रक्रियागत माग गरेमा तत्कालै सञ्चालन गरिने व्यवस्था गरिएकाे छ। जसमा स्टेसनरी,प्रशिक्षक र खाजाकाे ब्यवस्था पालिकाले गर्ने छ। जसकाे लागि गाउँपालिका भित्रका ५६ वटा सभाहल सहित एक प्राेटेवल हलकाे ब्यवस्था ताेकिएकाे छ। जसमा ३० वटा सामुदायिक विद्यालय ,६  वटा वडा कार्यालय,पाँचवटा स्वास्थ्य चौकी, ३ वटा सहकारी भवन ३ वटा सामुदियक वन, दुईवटा सामुदायिक भवन, २ वटा सत्सङ भवन,सामुदायिक अध्ययन केन्द्र, कवर्ड हल र गाउँपालिकाको सभाहल तयारी अवस्थामानै रहेकाेले हल ब्यवस्थापनमा सहज रहेकाे गाउँपालिका अध्यक्ष  मनिकुमार स्याङ्वाेले बताए।

बिभिन्न विद्यागत तालिमहरुकाे माग भएमा सम्भव भए पालिका भित्रका सहजकर्ता प्रयाेग हुने नभए पालिकाले विषयगत बिज्ञता पाएका ब्याक्तित्वहरु ल्याएर भएपनि तालिम सञ्चालन गरि नागरिकहरुलाई सिपालु बनाउने लक्ष्य राखेकाे अध्यक्ष स्याङ्वाेले बताए।

उनले भने ‘तालिम प्राप्त नागरिकहरुकाे लागि कुनै व्यवसाय गर्न आवस्यक रहेमा वा आवश्यकता माग गरेमा मापदण्ड अनुसार प्राबिधिक सहयाेग अनुगमन र गति समिक्षा समेत गाउँपालिकाले गरेर तालिमलाई सिपमुलक, किफायति, प्रभावकारी  स्वराेजगार र राेजगार मुलक बनाउने उदेश्य रहेकाे छ।’

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

Nabin Upreti नबिन उप्रेती

नवीन उप्रेती

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका झापा सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *