Search
Close this search box.
Search
Close this search box.

सिबिफिनको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न, उपेन्द्र पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन

काठमाडौं – बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को पाँचौँ वार्षिक साधारण सभा “उत्पादन, रोजगारी र आयात प्रतिस्थापन लगानीका आधार; दिगो बैंकिङ – उन्नत अर्थतन्त्र, समृद्ध नेपालको पूर्वाधार” भन्ने नाराका साथ २०८१ पुस १९ गते शुक्रबार सम्पन्न भएको छ।

ठमेलस्थित अलफ्ट होटलमा आयोजित साधारण सभाको उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले गर्नुभयो। उहाँले कृषि, पर्यटन, जलविद्युत, वनपैदावार, प्रविधि, नवप्रवर्तन र ग्रामीण क्षेत्रका साना तथा मझौला उद्यमहरूको विकासमा बैंक तथा वित्तीय संस्थाहरूले विशेष भूमिका खेल्नुपर्ने बताउनुभयो। साथै, मौजुदा कानूनी बाधा हटाई आर्थिक गतिविधिलाई सहज बनाउन सरकार प्रतिवद्ध रहेको उहाँले व्यक्त गर्नुभयो।

EPIC EPIC EPIC

विशिष्ट अतिथिहरू रामेश्वर खनाल, प्रा. डा. शिवराज अधिकारी, राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाललगायतले सिबिफिनले दिगो बैंकिङ विकासमा खेलेको भूमिकाको सराहना गर्दै उपयुक्त नीतिहरूको आवश्यकता औंल्याउनुभयो।


साधारण सभाले नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेलको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। कार्यसमितिमा महालक्ष्मी विकास बैंकका अध्यक्ष राजेश उपाध्याय वरिष्ठ उपाध्यक्ष, रिलायन्स फाइनान्सका अध्यक्ष कुश प्रसाद मल्ली उपाध्यक्ष, हिमालयन बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ महासचिव, एनआईसी एशिया बैंकका अध्यक्ष तुलसीराम अग्रवाल कोषाध्यक्ष, शाइन रेसुङ्गा बैंकका अध्यक्ष थानेश्वर पौडेल सचिव र गोर्खाज फाइनान्सका अध्यक्ष गौरव बुढाथोकी सहकोषाध्यक्ष चयन हुनुभएको छ।

कार्यकारी सदस्यहरूमा विभिन्न बैंक तथा वित्तीय संस्थाका शीर्ष नेतृत्व प्रतिनिधिहरू निर्वाचित भएका छन्।


सिबिफिनका अध्यक्ष उपेन्द्र पौडेलले मुलुकको आर्थिक विकासमा बैंकिङ क्षेत्रको योगदानलाई सम्मान गर्दै उत्पादनमूलक र रोजगारीमूलक लगानीको विस्तारमा थप सक्रियता देखाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले दुई विशाल छिमेकी मुलुकका बीच नेपाललाई आर्थिक लाभ दिलाउन सिबिफिनले सहयोग गर्ने बताउनुभयो।

उक्त कार्यक्रममा अर्थशास्त्री, बैंकिङविद्, व्यवसायी, पत्रकार, र विश्वविद्यालयका प्राज्ञिक व्यक्तिहरूको उपस्थिति रहेको थियो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *