सीतारमेश क्याम्पसमा प्रथम बर्षका विद्यार्थीलाई स्वागत

बुद्धशान्ति । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन -अनेरास्ववियु सीतारमेश क्याम्पस कमिटिले आज सीतारमेश बहुमुखी क्याम्पसमा प्रथम बर्षका विद्यार्थीलाई स्वागत गरेको छ ।

EPIC


स्नातक तह प्रथम वर्षमा आएका नयाँ विद्यार्थीहरुलाई स्वागत गर्दे सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरेको छ । अन्तर सामुदायिक स्तरिय नृत्य प्रतियोगीता आयोजना रहेको थियो ।

सीतारमेश क्याम्पस कमिटिका अध्यक्ष प्रदिप वर्देवाको अध्यक्षता, अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य मनोज ताम्लीको प्रमुख आतिथ्यता, नेकपा बुद्धशान्ति अध्यक्ष टिका पाठकको विशिष्ट आतिथ्यता, अनेरास्ववियु केन्द्रीय सदस्य रोसन लामा, अनेरास्ववियु केन्द्रीय सदस्य तथा जिल्ला कमिटि अध्यक्ष समर्पण खतिवडाको विशेष आतिथ्यता तथा अन्य विद्यार्थी नेता शिक्षासेवी, संचारकर्मी लगायतको आतिथ्यतामा भएको कार्यक्रमको संचालन सीतारमेश क्याम्पस कमिटिका सचिव सुनिल पौडेलले संचालन गरेका थिए । कमिटिका सहसचिव मौषम अधिकारीले उपस्थित अतिथि तथा विद्यार्थीलाई स्वागत गरेका थिए ।

नृत्य प्रतियोगीतामा श्री त्रिभुवन मावि होक्से प्रथम, बुद्ध आदर्श मावि बुधबारे दोस्रो र राष्ट्रिय विजय मावि तेस्रो भएको थियो ।

EPIC EPIC EPIC
EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar