Search
Close this search box.
Search
Close this search box.

सीमावासी जनताको लागि सशस्त्र प्रहरीले बनाइदियो ट्युबवेल

नवीन उप्रेती।

कचनकवल – सशस्त्र प्रहरी बल, नेपालले सीमावर्ती क्षेत्रको सुरक्षा मात्र नभई स्थानीय समुदायको सेवा र सहकार्यलाई प्राथमिकतामा राख्दै सीमावासी जनताको जीवन सहज बनाउन विभिन्न सामाजिक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ। यही क्रममा आज झापाको कचनकवल गाउँपालिका–४ मा सीमावर्ती जनताका लागि निर्माण गरिएको खानेपानी प्रयोजनको ट्युबवेलको कचनकवल गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशीले उद्घाटन गरेका छन्।

EPIC EPIC EPIC

कार्यक्रममा कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशीले सशस्त्र प्रहरी बलको यो प्रयासले सीमावासी जनताको जीवनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे। साथै, उनले सशस्त्र प्रहरीको विकासमूलक कार्यक्रमहरूले सुरक्षा र समृद्धिको साझेदारी सम्बन्ध निर्माण गर्न महत्त्वपूर्ण भूमिका खेलिरहेको बताए।

कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपालका झापास्थित नं. २ गण हे.का. गणपति सशस्त्र प्रहरी उपरीक्षक कविन्द्र राईले सीमा सुरक्षासँगै समुदायसँगको सहकार्य र विश्वासको वातावरण निर्माण सशस्त्र प्रहरी बलको प्रमुख लक्ष्य भएको बताए। “सिमानामा देखापर्ने जुनसुकै समस्या समाधान गर्न सशस्त्र प्रहरी बल सधैं तपाईँहरूको साथमा रहनेछ,” उनले भने।

कार्यक्रममा सीमावासी समुदायका प्रतिनिधिहरूले प्रहरी संगठनप्रति आभार प्रकट गर्दै यस प्रयासले स्थानीय जनतामा सुरक्षाको महसुस मात्र नभई दैनिक जीवनमा सहजता पनि ल्याउने बताएका छन्।

ट्युबवेल उद्घाटनसँगै सशस्त्र प्रहरी बलले सीमावर्ती क्षेत्रमा सञ्चालन गर्ने अन्य सामाजिक कार्यक्रमहरूको जानकारीसमेत गराएको थियो। समुदायलाई लक्षित गरी सरसफाई, शिपमूलक तालिम तथा पूर्वाधार विकास कार्यक्रम सशस्त्र प्रहरीको प्राथमिकतामा रहेको कार्यक्रमका वक्ताहरूले बताए।

समारोहमा सशस्त्र प्रहरी बल, नेपालका अधिकारीहरू, स्थानीय जनप्रतिनिधि, तथा सीमावर्ती क्षेत्रका नागरिकहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो।

अन्त्यमा, कार्यक्रममा प्रमुख अतिथि तथा सहभागी सबैलाई धन्यवाद व्यक्त गर्दै कार्यक्रम समापन गरिएको थियो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

Nabin Upreti नबिन उप्रेती

नवीन उप्रेती

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका झापा सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *